महोत्तरीमा अबैध सुन सहित एकजना पक्राउ

व्यापारको लागि सुन ल्याएको दावी

महोत्तरी । महोत्तरीमा अवैध सुन सहित एकजना पक्राउ परेका छन् । महोत्तरी जिल्लाको पिपरा गाँउपालिका वडा नं. १ का रुस्तम कवारीलाई अवैध ४९.९५९ ग्राम सुन सहित प्रहरीले मंगलवार पक्राउ गरेको हो ।

पक्राउ परेका अभियुक्त कवारीले आफुले व्यापारिक प्रयोजनको लागि वेला –वेलामा सुन ल्याउने गरेको बताएपछि प्रहरी उपरिक्षक राजकुमार लम्सालले उनलाई सुनसहित कारवाहीको लागि राजस्व अनुसन्धान मध्यमाञ्चल क्षेत्रिय कार्यालय पथलैया पठाईएको जानकारी दिएका छन ।

पक्राउ परेका अभियुक्त कवारीले चलाई राखेको अन टेस्ट लेखेको अपाचे मोटरसाईकल समेत प्रहरीले नियन्त्रणमा लिएको लिइसकेको बताएको छ ।

पक्राउ परेको सुनको मुल्य करिब २ लाख ३२ हजार र मोटरसाईकलको मूल्य २ लाख ६० हजार पर्ने प्रहरीको मूल्याङ्कन छ । थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।