राष्ट्रपति ट्रम्पद्वारा एफबीआइ प्रमुखलाई पदबाट बर्खास्त: इमेल छानविन मुद्दामा गल्ती गरेको आरोप

ट्रम्पको चुनावी अभियानको फाईलमाथि छानविन गरेकाले हटाइएको डेमोक्रयाटको दाबी

अमेरिका । हिलरी क्लिन्टनको इमेल छानविनको मुद्दामा गल्ती गरेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय जाँच निकाय एफबीआइका निर्देशकलाई पदबाट हटाएका छन्।

अमेरिकी संसदसमक्ष कोमीले क्लिन्टन इमेल प्रकरणबारे असत्य सूचना दिएको भन्ने कुरा गत साता बाहिरिएपछि ह्वाइट हाउसले त्यस्तो निर्णय गरेको बताइएको छ।

ह्वाइट हाउसले एफबीआइले ट्रम्पको चुनावी अभियान र रुसबीचको साँठगाँठबारेका आरोपहरुमाथि अनुसन्धान गरिरहेको अवस्थामा जेम्स कोमीलाई पदबाट हटाइएको उक्त घोषणा अप्रत्याशित रहेको बताइएको छ ।

ह्वाइट हाउसले महान्यायाधिवक्ता जेफ सेसन्स र उपमहान्यायाधिवक्ता रड रोजनस्टाइनको सिफारिसमा पछिल्लो कदम चालेको जनाएको छ। यदि उपमहान्यायाधिवक्ता रोजनस्टाइनले छानविनका लागि एकजना स्वतन्त्र विशेष अभियोजनकर्ता नियुक्त गरेनन् भने प्रत्येक अमेरिकीले निर्देशक कोमीको बर्खास्तीलाई एउटा ढाकछोपको भागका रुपमा आशंका गर्ने आशंका बढेको छ ।

एक विशेष पत्रमा राष्ट्रपति ट्रम्पले कोमीले एफबीआइलाई प्रभावकारी ढंगले नेतृत्व गर्न नसकेको र कानून कार्यान्वयन गर्नुपर्ने उक्त निकायको महत्वपूर्ण कार्यभारप्रति सर्वसाधारणको विश्वास पुनर्स्थापित गराउन नयाँ प्रमुख खोज्नु आवश्यक रहेको जनाएका छन्।

तर डेमोक्रयाटहरुले ट्रम्पको चुनावी अभियान र रुसबीच रहेको भनिएको सम्बन्धका आरोपहरुबारे कोमीले छानविन गरिरहेकाले उनलाई हटाइएको बताएका छन्।

डेमोक्र्याट सिनेटर चक सुमरले भनेका छन–‘यदि उपमहान्यायाधिवक्ता रोजनस्टाइनले छानविनका लागि एकजना स्वतन्त्र विशेष अभियोजनकर्ता नियुक्त गरेनन् भने प्रत्येक अमेरिकीले निर्देशक कोमीको बर्खास्तीलाई एउटा ढाकछोपको भागका रुपमा आशंका गर्नेछन।’

ह्वाइट हाउसले कोमीको उत्तराधिकारीको खोजी तत्काल थालिने जनाएको छ। ५६ वर्षीय कमी सो पदमा चार वर्ष अगाडि नियुक्त भएका थिए। उनको अझै छ वर्षको कार्यकाल बाँकी रहेको छ ।