निर्देशक घिसिङ्ले भावुक हुदैँ भने–‘एलईडी बल्ब खरिदको आरोप प्रमाणित भए झुण्डिन तयार छु’ (भिडियोसहित)

आरोप प्रमाणीत गर्न चुनौति

काठमाडौं । उज्यालो नेपाल निर्माणका अभियन्ता तथा नेपाल बिुद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ले आफूमाथि एलईडी बल्ब खरिद प्रक्रियामा अनियमिताको लागेको आरोप प्रमाणित भए म झुण्डिएर मर्न तयार भएको बताएका छन । उनले आरोप लगाउनेहरुलाई त्यो कुरा प्रमाणीत गर्न समेत चुनौति दिए ।

आज नेपाल बिुद्युत प्राधिकरणको केन्द्रीय कार्यालयको सभा हलमा पत्रकार सम्मेलन गरेर निर्देशक घिसिङले एलईडी बल्ब खरिद प्रक्रियामा अनियमिताको आरोप लागेपछि आफ्ना धारणा सार्वजनिक गर्दै त्यस्तो कुरा बताएका हुन् ।

निर्देशक घिसिङले भावुक हुदै‌ँ एलईडी बल्बको झुटो समाचार प्रकाशित गरेर आफूमाथि आरोप लगाएको बताए । उनले आरोप पुष्टि भए आफू र आफ्नो टिम झुण्डिन तयार रहेको बताए ।

उनले भने–‘यदि मेरो टिमको कुनै कुनियत देखियो भने हामीलाई झुण्ड्याइदिए हुन्छ, अन्यथा यस्ता गलत प्रचार नगरिदिनु होला । यसले काम गर्ने वातावरण विग्रन सक्छ। आरोप प्रमाणित भए म देश छोड्न तयार छु ।’

 उनले  भने –‘म माथि जुन आरोप लागेका छन्, यसले मेरो निकै चित्त दुःखेको छ । एउटा बल्बमा पैसा खानुपर्ने मेरो अवस्था होईन । मेरो नियत नेपाली जनताबाट एक रुपैयाँ पनि खाने होईन  । पैसा खानु नै छ भने २/४ घन्टा लोडसेडिङ गर्दा नै करोडौं कमाएर बस्थेँ ।’

बाँकी हरपल नेपालको भिडियोमा हेर्नुहोस‍‍‍……..

LOADING...