दोलखामा हिजो राती गाडी जलाइयो

प्रहरीद्धारा अनुसन्धान जारी

दोलखा । दोलखा जिल्लाको चरिकोटमा मध्यराति हाईलक्स गाडी जलाइएको छ । बा ९ च १०८० नम्बरको हाईलक्स गाडी जलाएको हो ।

खाडीचौर–जिरी सडक विस्तार आयोजनाको कन्सल्ट्यान्ट ईतिको कन्सल्ट्यान्स कम्पनीले प्रयोग गर्ने हाईलक्स गाडी गएराति १ बजेको समयमा भिमेश्वर नगरपालिका–६ चोथाङमा जलिरहेको अवस्थामा स्थानीयले देखेर प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको हो ।

कन्सल्ट्यान्टको गाडी के कारणले जलेको भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रवक्ता एवम् प्रहरी निरीक्षक प्रेमसागर केसीले जानकारी दिए।

एक्जीम बैंक भारतको सहयोगमा निर्माण भइरहेको सडक सुधार आयोजनाको कन्सल्ट्यान्टले प्रयोग गर्ने गाडी जल्नुमा आयोजनामा भएको वादविवाद हुनसक्ने अनुमान गरिएको छ । रासस