चितवनमा माओवादी केन्द्रका उम्मेदवारको चट्याङ लागेर मृत्यु

निर्वाचन स्थगित

चितवन । गतराति परेको चट्याङ लागेर नेकपा माओवादी केन्द्रबट स्थानीय तहको चुनाव उठेका उम्मेदवारको चितवनमा मृत्यु भएको छ।

चितवनका ३८ बर्षीय सिफल चेपाङलाई चट्याङ लागेपछि उपचारका लागि भरतपुर अस्पतलमा ल्याउदै गर्दा बाटोमा मृत्यु भएको हो । उनी कालिका नगरपालिकाको ११ नम्बर वाडाको खुल्लातर्फबाट सदस्य पदका उम्मेदवार समेत हुन ।

निर्वाचन अधिकृत नेत्रप्रसाद शर्माका अनुसार उम्मेदवारको निधनपछि कालिका नगरपालिकाको निर्वाचन स्थगित भएको छ। निर्वाचन अधिकृत शर्माका अनुसार उम्मेदवारको निधन भएपछि निर्वाचन कार्यक्रम स्थगित गरेर आयोगलाई जानकारी गराएको छ ।

निर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि निधन भएमा स्थानीय तह निर्वाचन निर्देशिका २०७३ को दफा ६० बमोजिम त्यहाको निर्वाचन कार्यक्रम स्थगित हुने प्रावधान रहेको छ।