दोश्रो चरणको निर्वाचन तोकिएकै मितिमाः बजेट जेठ १५ भित्र ल्याउने तयारी

संविधान संसोधन जेठको पहिलो हप्ताबाट प्रकृयामा जाने

काठमाडौं । सरकारले दोस्रो चरणको स्थानीय निकायको निर्वाचन तोकिएकै मिति अर्थात जेठ ३१ गते गर्ने भएको छ । बजेट पनि जेठ १५ मा नै ल्याउने तयारी गरेको छ ।

पहिलो चरणको निर्वाचन लगत्तै जेठ १ गतबाट मतगणना सुरु गर्ने, १५ जेठमा कामचलाउ बजेट मात्र ल्याउने तथा ३१ जेठमा नै दोस्रो चरणको निर्वाचन गर्नेमा सरकारले तयारी गरिरहेको छ ।

कानुनमन्त्री अजयशंकर नायकले अब त्यो भन्दा अर्को निर्णय नहुने बताए छन । मन्त्री नायकले  जेठ ४ गते संसदबाट संविधान संसोधन प्रकृया अगाडी बढाउने बताए छन ।’

सत्तारुढ तथा प्रतिपक्ष दलहरूबीच पनि स्थानीय तहको निर्वाचन, १५ जेठमा ल्याउने  कामचलाउ  बजेट, प्रधानन्यायधीश माथिको महाअभियोगका विषयमा ठूलो मतभेद नरहेको उनले स्पष्ट पारेका छन ।