गच्छदार सरकारमा सहभागीः सफत गहणको तयारी हुँदै

उपप्रधान सहित तीन मन्त्रालय फोरमले लिने

काठमाडौं । विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबाट तीन जना मन्त्री सरकारमा सहभागी भएका छन्।

नेपाल लोक्तान्त्रिक फोरमको आज बसेको पार्टी केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारले जाने निर्णय गरेको हो।

विजय कुमार गच्छदारलाई उपप्रधानसहित संघिय मामिला तथा स्थानीय विकास मन्त्री दिइने छलफल कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सकारात्मक भएका छन् ।

यसअघि कमल थापाले नेतृत्व गरेको उक्त मन्त्रालय गच्छदार आफैंले तथा पर्यटन र भुमिसुधार मन्त्रालयका लागि जितेन्द्र देब र गोपाल दहितलाई पठाउने भएको छ ।