‘कांग्रेसकै कार्यकर्ताले एमालेलाई भोट दिएर जिताउछनः अध्यक्ष ओली

कांग्रेसले देशमा लुट मच्चाएको आरोप

काठमाडौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस भित्रकै नेता कार्यकर्ताहरुको भोटले एमाले देशको ठूलोपार्टीको रुपमा जित्ने दाबी गरेका छन । उनले कांग्रैसका बृद्धबृद्धाहरुले आफ्नो पार्टीमा भोट हाल्ने विश्वास समेत ब्यक्त गरें ।

आज एमालेको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार विद्यासुन्दर शाक्यले तयार पारेको चुनावी घोषणापत्रको सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै उनले त्यस्तो बताएका हुन ।

पार्टीको घोषणापत्र सार्वजनिक गर्दै ओलीले एमालेले मात्रै मुलुकको निर्माण, विकास, संवृद्धी र राष्ट्रियताको रक्षा गर्ने भएकाले कांग्रेस प्रति आस्था राख्ने जनताले पनि स्थानीय तहको निर्वाचनमा एमालेलाई जिताउन सहयोग गर्ने तर्क गरे ।

अध्यक्ष ओलीले अगाडि भने–‘बुढेसकालमा बृद्धवृद्धाहरुलाई साथ दिने पार्टी एमाले मात्रै भएकाले एमालेप्रति सबैको विश्वाश बढेको छ । काँग्रेसका बृद्धबृद्धाहरुले पनि एमालेलाई भोट हालेर जिताउनुहुन्छ भन्नेमा म विश्वस्त रहेको छु ।’

उनले काँग्रेसले छाला जुत्ता कारखाना, भृकुटी कागज अन्य उद्योगहरु बचेर खाएको आरोप लगाउँदै भने–‘काँग्रेस सबैभन्दा काम नलाग्ने पार्टी हो । सरकार चलाउँदा काँग्रेसले देशमा लुट मात्रै मच्याएको छ।’

उनले स्थानीय निकायको निर्वाचनमा कार्यकर्ताहरुलाई जोडतोडका साथ लाग्न र पार्टीलाई पहिलो नम्बरको रुपमा स्थापित गराउन निर्देशन समेत दिए । उनले उम्मेदवारीका विषयमा यतिबेला असन्तुष्टि ब्यक्त नगरि भोक,निन्द्रा र गकान बिर्सेर सबैले पार्टीलाई जिताउन खटिनु पर्ने धारणा राखे ।