इन्डियन प्रिमियर लिगको खेलमा गुजरातले पञ्जावलाई हरायो

पञ्जावको प्ले अफमा छनोट हुने सम्भावना गुम्यो

भारत । भारतमा आइतबार राति भएको मोहालीमा भएको इन्डियन प्रिमियर लिग (आईपीएल) को खेलमा गुजरात लायन्सले किङ्स इलेभन पञ्जावलाई छ विकेटले हरायो छ।

प्ले अफमा छनोट हुने सम्भावनामा बोकेको पञ्जनवलाई उक्त हारले उसलाई ठूलो धक्का पुगेको हो ।

पहिले ब्याटिङ गरेको पञ्जावले हसिम अमलाको शतकको मदतले २० ओभरमा तीन विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो । दक्षिण अफ्रिकाका अमलाले ६० बलमा १ सय ४ रन बनाए ।

उक्ते दुई खेलको खेल बाँकी छँदै जवाफमा गुजरातले चार विकेट गुमाएर १ सय ९२ रन बनाउन सफल रह्यो र उसले जीत्न सफल भयो ।

उसका लागि प्रारम्भिक ब्याट्सम्यान ड्वायन स्मिथले सर्वाधिक ७४ रन बनाए । अब गुजरात प्ले अफमा छनोट हुने भएको छ ।