गेस्टहाउसमा २८ बर्षीय युवतीको शंकास्पद हत्या

प्रहरी अनुसन्धान जारी

काठमाडौं । कोटेश्वरको एक गेस्टहाउसमा युवतीको हत्या भएको छ । कोटेश्वरको आकासेपुलस्थित होटेल होम गेस्टहाउस एन्ड रेस्टुरेन्टमा काभ्रे महांकालचौर ८ घर भएकी २८ बर्षीया लक्ष्मी तामाङको हत्या भएको हो ।

उक्त होटेलमासँगै बसेका विष्णु सापकोटाले उनको हत्या गरेको प्रहरी आशंका छ । हिजो दिउँसो उनको मृत्यु भएको खबर पाएपछि प्रहरी त्यहाँ पुगेको र घटनाको विषयमा अनुसन्धान गरिरहेको बताएको छ ।

सापकोटाले आइतबार बिहान केही समय एयरपोर्ट गएर आउने बताएका थिए । तर दिउँसो नआएपछि उनी बसेको कोठा खोलेर हेर्दा तामाङको शव भेटिएको थियो ।

शवमा निलडाम रहेकाले हत्या नै गरिएको प्रहरीले अनुमान गरेको छ । यो समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ ।