एकीकृत रुपान्तरण सहितको जीवन उपयोगि शिक्षामा जोड

शिक्षा नितिमा सुधारको माग

गुल्मी । गुल्मीमा आयोजित एक अन्तक्रिया कायैक्रमका सहभागिहरुले वर्तमान शिक्षा प्रणालीमा सुधार गर्नुपर्ने औल्याउदैँ उत्पादनमूलक राष्ट्रिय स्वाधीनता, व्यवसायिक र जीवन उपयोगि शिक्षा प्राप्तीका लागि शिक्षा नितिमा एकीकृत रुपान्तरण गर्नु पर्नेमा जोड दिएका छन्।

नेपाल कम्युनिष्ट पार्टी निकटको अखिल क्रान्तिकारी गुल्मीले हिजो तम्घासमा आयोजना गरेको अन्तक्रिया कार्यक्रमका सहभागिहरुले त्यस्तो बताएका हुन ।

क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी अञ्चल संयोजक प्रेमचन्द्र भुसालले एक कार्यपत्र पेश गर्दै नेपालको शिक्षा गफाडिहरुको गफ गर्ने अड्डाको रुपमा परिणत भएको आरोप लगाउदैं शिक्षामा एकिकृत रुपान्तरणको आवश्यकता औल्याए ।

उनले भने–‘ अब्यवहारीक शिक्षा हामीलाई स्विकार्य छैन, राष्ट्रिय स्वाधीनता सहितको प्राविधिक र व्यवसायिक शिक्षा जस्ले युवालाई आफ्नो शिप र परिश्रम राष्ट्रको माटोलाई रक्षा र विकास गर्न सघाउछ, त्यस्तो शिक्षा नितिको विकास गनु आवश्यक छ । शिक्षा जस्तो संवेदनशील बवषयमा सरकार पूर्ण रुपमा जिम्मेवारी बन्नुपर्छ।’

उक्त कार्यक्रममा पेश गरिएको कार्यपत्रमाथि सुझाव दिदै जिल्ला शिक्षा अधिकारी मित्रमणि खनालले उत्पादन, पुजी र प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताए । उनले त्यसका लागि सबैको सहयोग हुनु पर्नेमा जोड दिए ।

त्यस्तै रेसुङ्गा बहुमुखी क्याम्पसका बरिष्ठ सहायक प्रमुख गुणनिधि शर्माले शिक्षामा आमुल परिवर्तन ल्याउन चाहेको बताए । उनले भने–‘हामीले चाहदाचाहदै पनि राज्यको नितिगत समस्याका कारण शिक्षामा पूर्ण रुपले सुधार गर्न सकेका छैनौ । उपलब्ध गराउन नसक्नुमा हामी पनि दुखित छौं ।’

उक्त कार्यक्रममा संस्थागत विद्यालय अर्जुन आवासिय उच्च माविका प्राचार्य दान बहादुर केसि, रिर्डस बोडिङ्ग स्कुलका साहायक प्रचार्य टीका भलामि, आर्दश विद्याश्रमका प्रबन्धक निर्देशक राजु कुवर, रेसुङ्गा माविका सहायक प्रचार्य भागिरथ भण्डारी, विद्यालय निरिक्षक पिताम्बर पंन्थि, नेपाल शिक्षक संघका युवराज अर्याल, उच्च शिक्षा परिषद् एशोसियसनका केन्द्रीय सदस्य केएन घिमिरे लगायतले आफ्नो धारणा राखेका थिए ।

अखिल क्रान्तिकारी गुल्मीका अध्यक्ष मुक्ति गैरेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन क्रान्तिकारीका जिल्ला सचिव शंकर कुवंरले गरेका थिए ।