बोको हरामको कब्जामा रहेकी नाइजेरियाकी ८२ किशोरी मुक्त

दुई देशको द्वन्द्वमा हालसम्म ३० हजार बढीको ज्यान गयो

नाइजेरिया । नाइजेरियाको राष्ट्रपति कार्यलयले सन् २०१४ मा इस्लामवादी उग्रवादी समूह बोको हरामले सन् २०१४ मा बन्धक बनाएका ८२ स्कूले छात्रा मुक्त गरेको छ ।

अधिकारीहरुले लामो समयको वार्तापछि सरकारी नियन्त्रणमा रहेका संदिग्ध बोको हरामका केही सदस्यहरुको रिहा गरी उनीहरुलाई बन्धकमुक्त बनाइएको जनाएका छन् ।

उत्तरपूर्वी नगर चिबोकको एउटा निजी विद्यालयबाट अपहरण गरिएका २ सय ७० विद्यार्थीमध्ये ती छात्राहरु पनि थिए ।
रातको समय पारेर गरिएको उक्त आक्रमणको अन्तर्राष्ट्रिय तहबाट निन्दा गरिएको थियो ।

पछिल्लो रिहाइको खबर आउनुअघि १९५ जना छात्रा हराइरहेका थिए । स्रोतहरुले बीबीसीलाई भनेका छन्, रिहा गरिएका ती किशोरीहरु नाइजेरियाली सेनाको रेखदेखमा रहेका छन् ।

क्यामरुनसँगको सीमा क्षेत्रमा रहेको दुर्गम क्षेत्रबाट सडक मार्ग हुँदै ती छात्राहरुलाई फिर्ता ल्याइएको बताइएको छ ।

लागोसबाट एक जना भन्छन–‘पछिल्लो खबरले धेरै चिबोक परिवारमा खुसीयाली ल्याउने देखिन्छ तर अझै पनि एक सय भन्दा बढी चिबोक छात्राहरुलाई बोको हरामले बन्धक बनाइरहेको छ ।’

ती किशोरीहरुलाई फिर्ता गराउन चलाइएका अभियानहरुलाई पूर्व अमेरिकी प्रथम महिला मिसेल ओबामा र कयौँ हलिउड हस्तीहरुले साथ दिएका थिए ।

अघिल्लो महिना नाइजेरियाका राष्ट्रपति मुहामदु बुहारीले सरकार निरन्तर सम्वादमा रहेको र अझै बन्धक राखिएका किशोरीहरुलाई सुरक्षित रुपमा रिहा गराउन स्थानीय गुप्तचर संयन्त्रको पनि प्रयोग गरिएको बताएका थिए् ।

एक जना सैन्य स्रोतले बन्धकमुक्त भएका किशोरीहरुलाई आइतबार बोर्नो राज्यको राजधानी माइडुगुरीमा ल्याइने बताए ।

बन्धक बनाइएका अधिकांश चिबोक छात्राहरु इसाई धर्मावलम्बी थिए तर उनीहरुलाई इस्लाम धर्म अँगाल्न र आफूलाई बन्धक बनाउने बोको हरामका सदस्यहरुसँग बिहे गर्न दबाब दिइएको थियो ।

बोको हारम र नाइजेरियाली सरकारबीचको द्वन्द्वमा हालसम्म ३० हजार भन्दा बढी मानिसले ज्यान गुमाएका छन् र लाखौँ मानिसहरु आफ्नो थातथलोबाट विस्थापित भएका छन्।