संघिय गठबन्धनद्धारा यादवमाथि कारबाही

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई कारबाही गरेको छ ।

मधेसको माग पुरा नहुँदै स्थानीय निकायको निर्वाचनमा सहभागी भएको भन्दै राजपा नेपाल र २९ दलीय गठबन्धनले संयुक्त रुपमा मिलेर यादवलाई गठवन्धनको अध्यक्षबाट हटाएको हो ।

तर मोर्चाले औपचारिक रुपमा निर्णय सार्वजनिक गरेको छैन भने, यादवले आफू मोर्चामा रहेको दाबी गर्दै आएका छन् ।

गठबन्धनको निर्णय विपरीत निर्वाचनमा सहभागी भएको भन्दै गठबन्धनले कारबाही गरी यादवलाई निष्कासन गरेको छ ।

गठबन्धनले नयाँ संयोजकमा राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई चयन गरेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।