माया गर्नेहरुको चर्चामाः जिवनको गीत ‘तिम्रो मायामा’ (भिडियोमा हेर्नुस्)

भिडीयोको भाग दुई पनि छिट्टै बजारमा आउने निर्देशकको भनाई

धेरै समयको पर्खाई पछि माया गर्ने जोडीलाई रूवाउन सफल ” तिम्रो मायामा ” भन्ने गीत अहिले जताततै चर्चामा रहेको छ। यो गीत सर्लाहीको लालबन्दी घर भएर काठमाडौंलाई आफ्नो कर्मथलो बनाउदै आएका नयाँ पुस्ताका चर्चित युवा निर्देशक जिवन चौलागाईंले निर्देशन गरेका हुन्।

गाउँमा छ्दा सानो उमेरदेखी मोबाइलबाट सर्ट मुभीहरु बनाउने गरेका जिवनले अध्ययनको सिलसिलामा काठमाडौं आएपछि पढाई सँगसँगै भिएफेक्सको एक बर्से कोर्स पुरा गर्दैगर्दा बिस–एक्काइस वटा म्युजिक भिडियोहरुमा (कमल खत्रीको जले म जले, तस्बिर (२,भरत सिटौलाको बैसमा आदि) असिस्टेन्ट निर्देशकको रुपमा काम गरेका थिए । त्यसैको अनुभवको आधारमा उनले पहिलोपल्ट ” के यो माया हो ”  भन्ने गीतको निर्देशन गरे, जुन गीतलाई एक महिनामा छ लाख भन्दा बढीले हेरेका थिए ।

जिवनको निर्देशन रहेको चर्चामा रहेको गीत ” तिम्रो मायामा ” पनि असाध्यै मेहनत गरेर तयार गरिएको उनले बताएका छन । सस्पेन्स, थिलर, लभ, याक्सन र ट्याजेटीको समिश्रण रहेको उक्त गीतको भिडियो सामान्यतया अरु भिडियो भन्दा धेरै फरक तरिकाले प्रस्तुत गरिएको छ। यो गीतमा गायक कमल खत्रीले स्वर दिएका छन् भने भिडियोलाई उत्कृष्ट क्यामेराम्यान अनिल के.मानन्धर (इमेज अवार्ड बिजेता) ले खिचेका छन। त्यस्तै अम्बिका शर्माको शब्द रचना रहदा संगीत भने सबैको मन जित्न सफल संगीतकार अर्जुन पोखरेलको रहेको छ अनि शैलेन्द्र याम प्रधानले गीतको एरेन्ज गरेका छन।

भिडीयोलाई सिलन लम्सालले सम्पादन गरेका छन। यस भिडियोमा नाई नाई नभन्नु लू बाट आफ्नो करियर सुरु गरेर चर्चित भएकी नायीका आँचल शर्मा र हाल अमेरीकामा रहेर अभिनय पढ्दै गरेका सुवेचन श्रेष्ठको दमदार अभिनय रहेको छ। आत्मा एल्बममा समावेश गरिएको यस गीतका निर्देशक जिवनका अनुसार यो भिडीयोको भाग दुई पनि अबको पाँच देखी छ महिना भित्र आइसक्ने छ। त्यो भिडीयो आईसके पछि मात्र आफ्नो गीतले पूर्णता पाउने उनी बताउँछन्।

LOADING...