हेर्नुहोस्, प्रधानमन्त्री प्रचण्डसँग युवाको यस्तो आग्रह….
भावनामा बहदै प्रश्न गर्छन–‘प्रिय कमरेड तपाईको तालमेल कोसँग हुदैछ ?’
प्रकासित मिति : २०७४ बैशाख २३, शनिबार
प्रकासित समय : १०:३४

उमाकान्त शर्मा
- प्रिय कमरेड प्रचण्ड ! रोल्पाको एउटा गाउँमा, तालमेलको आशामा !
दिन, महिना र कैयौं बर्ष बिते !
बेपत्ता पारिएकी बुढी आमाकी एक्लि छोरी, सधैं सपनामा सोध्छे रे आमालाई !
मलाई खोज्न कहिले, कोसँग र कसरी तालमेल हुदैछ ?
- यता आमा कांग्रेसि सुराकिमा मारिएका, श्रीमानको वियोग र छोरीको सम्झनामा
सहकार्य गर्दैछिन, अलिकति बचेका आँसुसँग !
प्रतीक्षाको चौतारीमा अपेक्षाको पुरानो रेडियो सुन्दै !!
रामेछापको दोरम्बामा, प्रत्येक राती सहिदहरु बोल्छन् रे
मान्छेको मृत्यु त एक पटक पो हुन्छ, तर हाम्रो निर्मम हत्या किन भइरहेको छ पटकपटक ?
- हामीले कहिल्यै देख्न नपाएका, भेट्न नपाएका, सुप्रिमो कमरेड प्रचण्डलाई सोधिदेउ,
हाम्रो अन्तिम हत्या गर्न कहिले, कोसँग र कसरी तालमेल हुदैछ ?
खारा आक्रमणमा, हातका औंला गुमाएको कमरेड तुफान नेपालभित्र अयोग्य भनिएपछि,
खाँडिको प्रचण्ड गर्मीमा पसिनाले नुहाएर खुट्टाका औंलाले
कम्प्युटरको किबोर्ड थिच्छ सकि नसकी !! - श्रदय अध्यक्ष कमरेड, बधाई छ तपाईंलाई
कम्तीमा आफ्नी छोरीलाई त सुरक्षित गर्नुभो !
जेठ ३१ मा पनि ज्वाइका लागि, अवश्य तालमेल गर्नुहोस् !! - बरु कसैले अवरोध पुर्याए, जेल हाल्दिए हुन्छ विप्लवलाई
नजरबन्दमा राख्दिए हुन्छ किरणलाई!
आफन्तहरू प्रिय लाग्छन् भने यदि
केही पार्टीसंग बाँकी नै राख्नुहोला हाललाई - अर्कोपटक पनि त चुनावमा भाग लिनुर्छ!!
(यो भावना युवा विद्यार्थी नेता उमाकान्त शर्माले लेखेका हुन् । नेपालको बिकट क्षेत्र कर्णालीबाट अध्ययनका लागि राजधानी पुगेका शर्मा साहित्य रचनामा समेत रुचि रहेको बताउँछन ।)