कारबाही प्रस्ताव गरिएकाबाटै कार्कीलाई न्याय

काठमाडौं । पूर्वमन्त्री जयप्रकाशप्रसाद गुप्ताविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट फैसला गर्दा विशेषका तत्कालीन न्यायाधीश चोलेन्द्रशमशेर राणाले संविधान र कानुनको दायराबाहिर गई जबर्जस्त सफाइ दिलाएको भन्दै चार वर्षअघि सर्वोच्चमा न्यायाधीश रहेकी कार्कीले अन्तिम फैसला सुनाउने क्रममा राणामाथि छानबिन र कारबाहीका लागि न्यायपरिषद्को ध्यानाकर्षण गरेका थिए।

राणासहितको इजलासले गरेको विशेषको फैसलालाई उल्ट्याउँदै गुप्तालाई भ्रष्टाचारमा जेल सजाय र जरिबानाको फैसलासमेत भयो ।सोही फैसलाका क्रममा कार्कीसमेतको संयुक्त इजलासले राणामाथि कारबाहीको प्रस्ताव भएको थियो ।

न्यायाधीश राणाले सर्वोच्चको न्यायाधीश सिफारिस भएपछि संसदीय सुनुवाइका क्रममा कार्कीको त्यो फैसला अवैधानिक र पूर्वाग्रही रहेको भन्दै प्रतिवादसमेत गरेका थिए। सोही प्रकरणपछि कार्की र राणाको बोलचालसमेत बन्द रहेको सर्वोच्चकै कर्मचारी बताउँछन् ।

कार्कीले आफ्नो कार्यकालमा राणालाई कहिल्यै आफ्नो इजलासमा समावेशसमेत गरिनन्। यो समाचार आजको अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।