रञ्जु दर्शनाको नाममा युवाहरु नाचगान गर्दैः चुनाव प्रचारको नयाँ शैली (हेर्नुस,भिडियोमा)

नाममा सिमित महानगरको स्वरुप बदल्ने दाबी

काठमाडौं । विवेकशील नेपाली दलबाट काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएकी रञ्जु दर्शनाको पक्षमा युवाहरुले गित, उखान टुक्का र नाचेर प्रचार प्रसार गरेका छन ।

दर्शनासँग संवृद्ध काठमाडौं महानगर बनाउने दृर्घकालिन भिजन भएकाले उनलाई जिताउनु पर्ने भन्दै आज मुख्य निर्वाचन अधिकृतको कार्यालय भृकुटिमण्डप स्थित राष्ट्रिय सभा गृहको मुल ढोका अगाडि बसेर उनका समर्थकहरुले नाचगार समेत गरे ।

रञ्जनाले काठमाडौंलाई संसारकै उत्कृष सहरमध्ये एक बनाउने लक्ष्य सहित आफुले मेयरमा उम्मेदवारी दिएको दाबी गरेकी छन । उनले नाममा मात्र काठमाडौं महानगरपालिकाको रुपमा रहेको भन्दै त्यसलाई विकास र सम्भावनाको सहर बनाउने काममा आफ्नो कोसिस रहने बताएकी छन ।

उनले काठमाडौंको धुवा,धुलो र सवारी जाम लगाएतका समस्याहरुको विषयमा विज्ञहरुसँग छलफल गरेर अघिबढ्ने भन्दै काठमाडौंको मुहान फेर्ने आफ्नो अभिष्ट चाहना रहेको उद्घोष समेत गरेकी छन ।

LOADING...