कार्कीलाई कार्यभार सम्हाल्न दिन सर्वाेच्चले आदेश दियो (आदेशपत्र सहित)

महाअभियोग प्रस्तावमाथि अझै छलफल हुन सकेन

काठमाडौं । सत्तारुढ दल काँग्रेस र माओवादी केन्द्रले प्रधानन्यायाधीश सुशीला कार्कीबिरुद्ध संसदमा दर्ता गरेको महाअभियोग प्रस्तावलाई यथास्थितिमा राख्न सर्वोच्च अदालतले विपक्षीहरुको नाममा आदेश जारी गरेको छ ।

कार्कीलाई आजबाट नै स्वतन्त्र न्यायापालिकाको आफ्नो कार्यभार सञ्चालन गर्न दिने सम्बन्धी आदेश न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले जारी गरेको हो ।

महाअभियोग प्रस्तावको संवैधानीक टुङ्गो नलागुन्जेलसम्म नियमावली २०४९ को नियम ४१(१) बमोजिम उनलाई आफ्नो काम गर्न पाउने गरी सर्वाेच्चले आदेश जारी गरेको जनाएको छ ।

सर्वोच्च अदालतमा विचाराधीन रहेको प्रहरी महानिरीक्षकको बढुवासम्बन्धी मुद्दालाई आधार मानी अभियोग लगाइएको देखिएपनि त्यसको आधार स्पष्ट नभएको र संविधानको मर्म तथा भावनाअनुकूल नभएको भन्दै त्यसको महाअभियोग प्रस्तावको विपक्षमा मत जाहेर गरिरहेका छन ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका संसदहरुको अबरोधका कारण आजको लागि डाकिएको संसद बैठक कार्यसूचिमा प्रवेश नै गर्न नसकि रोकिएको छ भने महाअभियोग प्रस्तावको विषयमा अझै सदनमा छलफल समेत हुन सकेको देखिन्न ।
अदालतले जारी गरेको आदेश पत्र तल रहेको छ ।