ठूला दलका उम्मेदवारहरु निर्वाचन प्रचारमा बेस्तः निर्वाचन परिणामबारे सबैका आ–आफ्नै दावी (भिडियोसहित)

विकास र संवृद्धी सबैको साझा एजेन्डा

काठमाडौं । पहिलो चरणको निर्वाचनको नौं दिन बाँकी रहेको छ, सर्व साधारण नागरिकदेखि पार्टीका नेता,कार्यकर्ताहरुलाई निर्वाचनको माहोलले छोएको छ । दलिय उम्मेदवारदेखि स्वतन्त्र नागरिकहरु निर्वाचनको प्रचार प्रसारमा बेस्त देखिन्छन, त्यसमा पनि निर्वाचनको परिणामबारे ठूला पार्टीले आ आफ्नै प्रकारको दावी गर्ने गरेका छन ।

आज काठमाडौं महानगरपालिकाको मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको राष्ट्रिय सभा गृहमा उम्मेदवार, पार्टीका नेता,कार्यकर्ता अनि सर्व साधारण नागरिक र निर्वाचनमा खटिने कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको देखियो ।

पार्टी सानो होस वा ठूलो, निर्वाचन जित्ने आधार होस वा नहोस, तर अधिकांशले आफ्नो पार्टीले जित्ने दावी गर्न छाडेनन । हरपल नेपालसँग कुरा गर्दै विभिन्न दलबाट काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवारहरुले त्यस्तो दाबी गरेका हुन ।

माओवादी केन्द्रबाट मेयरका उम्मेदवार सर्वोत्तम डंगोलले संघियता र संविधान माओवादीले लडेर लागु गराएको राजनीतिक एजेन्डा भएकाले नितिगत रुपमा माओवादीले देशभरी विजय हासिल गरिसकेको दाबी गरे । उनले काठमाडौं महानगरपालिकाको निर्वाचनमा माओवादीले जित्ने आधारहरु प्रसस्त रहेको औल्यए ।

मेयर पदका उम्मेदवार समेत रहेका डंगोलले माओवादीको नेतृत्वको सरकारले उज्यालो नेपालको अभियानले जसरी मुलुकलाई काम गर्ने पार्टीको रुपमा स्थापित गरेको छ त्यसैगरी अब माओवादीले देश बनाउने महान अभियान बोकेको हुनाले जनताको समर्थन सहित जित्ने विश्वास ब्यक्त गरे ।

उनले भने–‘हाम्रो पार्टीले देश र जनताको पक्षमा गरिरहेको संर्घष जनताले अब अनुमोदन गर्ने बेला आएको छ, हामीले आम जनताको लागि, विकास र संवृद्धीको लागि काम गर्नका लागि नेतृत्वको दाबी गरेका छौ । त्यसमा जनताको साथ सहयोग रहने विश्वास गरेका छौ ।’

त्यसैगरी नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिकाको मेयर पदमा आएमा राजुराम जोशीले काठमाडौंको संवृद्धी नै आफ्नो मुल नारा भएको भन्दै जित आफरनो पक्षमा भएको हरपल नेपालसँग बताए ।

मेयर पदका उम्मेदवार जोशीले काठमाडौंका अधिकाशं नागरिकले आफ्नो विगतदेखिको नेतृत्व र राजनीतिमा खेलेको भूमिकालाई बुझेको भन्दै आफ्नो पक्षमा मतदान गरेर काम गर्ने जिम्मेवारी प्रदान गर्नेमा विश्वस्त रहेको बताए ।

त्यसैगरी नेकपा एमालेका मेयर पदका उम्मेदवार विद्यासुन्दर शाक्यले पनि आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन । शाक्यले हरपल नेपालसँग कुराकानी गर्दै भने–‘काठमाडौंको धुवा,धुलो र प्रदुषण हटाएर शान्त र संवृद्ध महानगर गराउने सपना छ, विगतदेखिनै महानगरको विकासको विषयमा मेरो साझा चिन्ता,सहयोग रहदै आएको सर्व बिदितै छ, तसर्थ जनताले भारि मत सहित विजयि गराउनेमा विश्वस्त छु ।’

मुख्य निर्वाचन कार्यालयमा भेटीएका केही स्वतन्त्र नागरिकले भने स्थानीय निकायमको निर्वाचनमा जनताले पार्टीको नाम र सरकारमा सहभागितालाई हेरेर भन्दा पनि योग्य,सक्षम, पढे लेखेको अनि विकासको राम्रो भिजन भएको मानिसलाई जिताउने आफ्नो फरक मत राखेका छन ।

स्वतन्त्र उम्मेदवारहरुले पनि काठमाडौंमा जित्ने सम्भावना औल्याउदै एक सामाजिक अभियन्ता दिलनाथ शर्माले भने–‘काठमाडौंका जनताको चेतना स्तर बृद्धि भएको छ, हामीले पार्टी र तिनका नेताको नाम र फोटो हेरेर होइन, अब विकासको भिजन बोकेका युवाहरुलाई जिम्मेवारी दिनु पर्छ । स्वतन्त्र उम्मेदवारलाई पनि जिताउनु पर्छ, यति उहाँमा त्यो क्षेमता देखियो भने ।’

त्यसैगरी निर्वाचन कार्यालय परिशरमा विभिन्न पार्टी निकटका कार्यकर्ताहरुले गोलबन्द भएर आफ्ना पक्षका उम्मेदवारको प्रचार गरिरहेका थिए । त्यसैगरी केही पार्टीले कार्यालयको गेट बाहिर जम्मा भएर नाच गान सहित उम्मेदवारको प्रचार गरिरहेका देखिन्थ्य । बास्तवमा निर्वाचनको रौनकताले काठमाडौंमा अधिकाशं नागरिकहरुलाई छोएको देखिन्छ । बाँकी हरपल नेपाल डटकमले तयार गरेको भिडियो सामाग्रि मार्फत पनि देख्न सक्न सक्नु हुनेछ ।

LOADING...