संसद बैठक आइतबार एक बजेसम्मको लागि स्थगित
महाअभियोग प्रस्तावको छलफल हुन सकेन
प्रकासित मिति : २०७४ बैशाख २२, शुक्रबार
प्रकासित समय : १५:३१
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका दस दलहरूले प्रधानन्यायाधीस सुशिला कार्की विरुद्धको महाअभियोग प्रस्तावको विरोध गरेपछि आज संसदको दिउँसो एक बजे बसेको बैठक पनि स्थगित भएको छ ।
एमाले लगाएत अन्य बिपक्षी दलहरुको विरोधका कारण संसद बैठक स्थगित भएको हो । कार्की विरुद्धको महाअभियोग प्रस्ताव पेश गर्ने अनुमति दिए पश्चात एमाले र विपक्षी दलले बेल घेराउ गरेका थिए ।
विपक्षीले अवरोध जारी राखेपछि सभामुख ओनसरी घर्तीले अब संसद बैठक यही वैशाख २४ गते दिउँसो १ः०० बजेसम्मका लागि स्थगित गरिएको बताएकी छन ।