गन्तब्य निर्वाचन:- समृद्ध काठमाडौं बनाउने कस्तो योजना छ, मेयर पदका उम्मेदवारहरुसँग ? (प्रस्तुत छ,माओवादी,कांग्रेस र एमालेका उम्मेदवारसँगको वहस)

यतिबेला मुलुक निर्वाचनमय बनेको छ । जताकतै, सामान्य मजदुुरदेखि मालिक अनि राजनीतिक दलका नेता,कार्यकर्ताको तहसम्म निर्वाचनकै चर्चा हुने गर्दछ । देशको राजधानी काठमाडौंको आफ्नै विशेषता र राष्ट्रिय राजनीतिमा महत्व रहेको छ । काठमाडौं महानगरपालिकाको निर्वाचनमा राजनीतिक दलहरुले के कस्ता उम्मेदवारहरु प्रतिश्प्रधामा उभ्याएका छन त ? उनीहरुले काठमाडौंलाई समृद्ध बनाउन कस्तो एजेन्डा बोकेका छन ? भावि योजना के छ ? यतिबेला आम जनताहरुको लागि यो मुख्य चासोको विषय बनेको छ । हरपल नेपालले गन्तब्य निर्वाचनमा प्रमुख ठूला राजनीतिक दलहरु माओवादी केन्द्र, कांग्रेस र एमालेले काठमाडौं महानगरपालिकाको मेयर पदमा उठाएका उम्मेदवारहरुसँग वहस गरेको छ । प्रस्तुत छ , उहाँहरुको धारणा:   

माओवादी केन्द्रबाट मेयरका उम्मेदवार सर्वोत्तम डंगोल
‘जित निश्चित छ,मेट्रो रेल चलाउने योजना छ’

काठमाडौ महानगरपालिकाको मेयरमा मेरो उम्मेदवारी विकास,संवृद्धी र संविधानको कार्यान्वयनका लागि हो । मैले राजनीतिक रुपमा संविधानलाई स्थायित्व दिने र त्यसको कार्यान्वयको लागि सघाउँने सोच सहित उम्मेदवारी दिएको छु । त्यसैगरी सामाजिक,आर्थिक,साँस्कृतिक,प्रर्यटकिय विकासको लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने योजना पनि बनाएको छु । मलाई काठमाडौं महानगरपालिकाका जनताहरुले विकास र पवरिवर्तनको लागि जिताउनु हुन्छ भन्ने विश्वास गरेको छु । माओवादी केन्द्रले मुलुकको पुर्न संरचना सहित समग्र विकासको खाका कोरेको छ, हाम्रो पार्टीले जनयुद्धबाट उठाएका एजेन्डाहरु आज कार्यान्यन हुदैँ छन । मुलुक संघियतामा प्रवेश गर्दैछ, तसर्थ हाम्रा एजेन्डाहरुले पहिले नै जिति सकेका छन, यो निर्वाचनमा हाम्रो जित्ने मुख्य आधार भनेकै जनताको पक्षमा हामीले गरेका काम र उठाएका एजेन्डाहरु हुन भन्ने मलाई लाग्छ ।

मैले काठमाडौं महानगरपालिकामा बसोबास गर्ने नयाँ बस्तीका नागरिकहरुको लागि समेत न्यायहुने गरी बसोबासको ब्यवस्थापनमा जोड दिएको छु । शहरमा देखिएको,धुवा,धुलो र फोहरको उचित ब्यवस्थापन गर्ने, सडकहरुको अवस्थामा सुधार,मर्मत र नयाँ विस्तार गर्ने, टा«फिक जामको समस्या हल गर्नका लािग सवारी साधनको उपलब्धता र नियमको ब्यवस्था गर्ने , सबै नागरिको सेवाको लागि सर्व सुलभ यातायातको ब्यवस्था गर्ने, काठमाडौंका भित्रि शहरमा साँस्कृतिक अवस्थामा असर नपर्ने गरी प्रर्यटनको विकास गर्ने र काठमार्डौलाई संसारमै फरक विशेषताले सजिएको एउटा नमुना शहरको रुपमा विकास गर्ने एजेन्डाहरु बनाएको छु ।

मैले काठमाडौंमा बाग्मती र बिष्णुमति नदिको किनारमा हरियाली बनाउँदै, नदिको सर सफाई गर्ने र दुबै छेउमा सडक विस्तार गर्ने र काठमाडौं भित्रका लागि सस्तो र सुविधा सम्पन्न मेट्रो रेलको सञ्चालनको लागि विशेष पहल गर्ने योजना बनाएको छु । त्यसो त हाम्रो पार्टी अध्यक्षको नेतृत्वको सरकारले समेत यो विषयलाई बढो महत्वका साथ उठान गरेको छ, केही विषयहरु अनुसन्धानको अवस्थाम समेत रहेका छन । त्यसैगरी उज्यालो नेपालको अभियानलाई अझै सशक्त रुपमा उठाउने मेरो पहल हुनेछ । अहिलेसम्मको चुनावि प्रचार प्रसारलाइ हेर्दा जनताको ब्यापक समर्थन रहेको छ । हाम्रो जित निश्चित देखिन्छ ।

  कांग्रेसबाट मेयरका उम्मेदवारः राजुराज जोशी                                                                                                 ‘जितको नजिकै छौः समृद्ध काठमाडौं बनाउने मुख्य सपना छ’

मैले काठमाडौंको समग्र विकासको एजेन्डा बोकेर मेयर पदमा उम्मेदवारी दिएको छु । मैले काठमार्डौलाई विशेष महत्वको महानगरपालिका बनाउने लक्ष्य राखेको छु । खासगरी मैले महानगरपािलका क्षेत्रमा नागरिकहरुको लागि वाई फाई फ्रि बनोने,शिक्षा,स्वास्थ्य र रोजगारको वातावरण बनाउने र काठमाडौंलाई हरियाली अनी सफा महानगरपालीका बनाउने योजना सहित निर्वाचनमा होमिएको छु ।

अहिले सडठक विस्तारको नाममा जनताका घर भत्काएर दुख दिएको देखिन्छ, म त्यो रोक्छु र सडक विस्तारका साथै काठमाडौंलाई सहुलियत यातायातको बैज्ञानिक ब्यवस्थापनमा ध्यान दिनेछु । म ‘मास’ ट्रान्सपोर्टेसनको अवधारणा अघि बढाउछु, सुरुङमार्गको निर्माणलाई विशेष महत्वका साथउठान गर्छु । त्यसैगरी सहरको सुन्दरता, ऐतिहासिक, साँस्कृतिक, प्राकृतिक सम्पदाहरु ताल, तलैया लगाएतको संरक्षमा नयाँ योजना बनाउछु । समृद्ध काठमाडौं नै मेरो मुल नारा र सपना हो ।

अहिलेसम्मको अवस्थालाई हेर्दा साथीभाईको साथ सहयोग र जनताको समर्थन मिलेको छ । सबैको साथबाट हाम्रो पुरै प्यानल नै जितको नजिक पुगेको मैले महसूस गरेको छु । हामीलाई यस पटक काठमाडौं सुधार्नका लागि सबैको समर्थन प्राीत हुनेमा विश्वस्त रहेको छु ।

एमालेबाट मेयरका उम्मेदवारः विद्यासुन्दर शाक्य
‘जित हाम्रै होः स्वच्छ महानगर बनाउने योजना छ’

काठमाडौंलाई सुन्दर,जिवन्त, स्वच्छ, सफा सहरका रूपमा विकास गराउनका लागि मैले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएको हुँ । मैले राष्ट्रियताको रक्षा गर्दै बाहीर्य तथा अन्तरिक राजनीतिमा काठमाडौं नगरपालिको पहुच विस्तार गर्ने र विकासमा विशेष जोड दिने सोच अघि सारेको छु ।

अहिले काठमाडौंमा धूलो, धूवाँ र सडक जामको समस्या देखिएको छ, मैले ती सबै समस्याहरुको समाधान सहित नगरलाई सफा र शान्त अनि यातायातमा अकल्पनिय सुधारको योजना अघि सारेको छु । तसर्थ हाम्रो जितसँगै ति सबै समस्याहरु महानगरले भोग्नु पर्दैन, म विश्वास दिलाउन चाहन्छु ।

मैले सहरका मुख्य बस्तीलाई व्यवस्थित गर्ने, सडकको मर्मत गर्ने, पार्किङ, खानेपानी, सरसफाई र साँस्कृतिक संम्पदाको संरक्षण गर्ने कामलाई प्राथमिकतामा राखेर अघि बढ्ने छु । हरेक योजनामा जनताको प्रत्यक्ष सहभागितामूलक योजना बनाउने छु । अहिलेसम्म जनताको राम्रो सहयोग, समर्थन प्राप्त भएको छ । जित हाम्रै पक्षमा हुन्छ , हामी विश्वस्त छौ ।