प्रमुख तीन दलबीच बैठक सुचारुः एमालेलाई सहमतिमा ल्याउने प्रयास
महाअभियोगको विषयमा छलफल हुने
प्रकासित मिति : २०७४ बैशाख २२, शुक्रबार
प्रकासित समय : ११:०५
काठमाडौं । नयाँ बानेश्वर स्थित संसद भवनमा प्रमुख तीन दलबीच बैठक सुचारु भएको छ ।
प्रमुख प्रतिपक्षि दल नेकपा एमालेलाई संसद खुलाउन सहमत गराउने उदेश्यले प्रमुख तीन दलबीच बैठक बसेको हो ।
सभामुख ओनसरी घर्तीको उपस्थितिमा संसद भवन नयाँबानेश्वरमा सुरु बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेता, प्रमुख सचेतक, कानुनमन्त्रीसहितको उपस्थिति छ ।
बैठकमा महाअभियोग, बजेट, दोस्रो चरणको निर्वाचन तथा संविधान संशोधनका बारेमा समेत छलफल हुने बताइएको छ ।
महाअभियोग प्रस्ताव फिर्ता नलिने भए तत्काल संसद बैठकमा भोटिङमा लैजानुपर्ने एमालेको प्रस्तावमा पनि सत्तासाझेदार दलले असहमति जनाएपछि संसदको गतिरोध उत्पन्न भएको हो ।