स्वास्थ्य विधेयकमा अमेरिकी राष्ट्रपति ट्रम्पको जित

ट्रम्पको पक्षमा २१७ मत पुग्यो

अमेरिका । अमेरिकी संसदको तल्लो सदनले अमेरिकी राष्ट्रपति ट्रम्पको प्रमुख चुनावी वाचा पूर्ति गर्ने दिशामा सहयोगी हुने गरि एक नयाँ स्वास्थ्य सेवा विधेयक पारित गरेको छ ।

अमेरिकन हेल्थ केयर एक्ट नामक उक्त कानूनले विगतको सरकारको पालाको ओबामाकेयर भनिने कानूनलाई खारेजी र विस्थापन गर्ने उद्देश्य राखेको छ ।

अमेरिकी संसदको तल्लो सदनले झिनो बहुमतले पारित गरेको उक्त विधेयक अब माथिल्लो सदन सिनेटले पनि पारित गर्नुे बताइएकोछ । तल्लो सदनमा सो विधेयकलाई विपक्षी डेमोक्र्याटिक पार्टिले एक मतले अस्वीकार गरेका थिए । तर तल्लो सदनबाट पारित गरेपछि राष्ट्रपति ट्रम्पको निम्ति त्यो पहिलो विधियकले सफलता पाएको हो।

गत मार्च महिनामा उक्त नयाँ कानूनका प्रावधानबारे रिपब्लिकन दलभित्रै कुरा नमिलेपछि तल्लो सदनमा त्यो विफल भएको थियो । २१६ मत चाहिनेमा सो कानूनको पक्षमा २१७ मत खसेको थियो । उक्त विधियक पारित भएसँग सबैको बीमा प्रिमियम घट्ने र त्यो सिनेटबाट पनि पारित हुने विश्वास गरिएको छ ।

केही रिपब्लिकन सिनेटरले भने नयाँ कानूनबारे प्रश्न उठाएका छन् । त्यसैले माथिल्लो सदनबाट पारित गर्न सहज हुने देखिंदैन । राष्ट्रपति ट्रम्प भने सिनेटबाट पनि उक्त कानून पारित हुनेमा विश्वस्त छन् ।

राष्ट्रपति ट्रम्प भने–‘जहाँसम्म मलाई लाग्छ अब सबैको बीमा प्रिमियम घट्नेछन्। यो सिनेटबाट पनि पारित हुनेछ। म एकदमै विश्वस्त छु,।’

त्यसमाथि नयाँ कानूनले सिर्जना गर्ने लागत तथा कति अमेरिकीले यसबापत बीमा गुमाउनेछन् भन्ने हिसाबकिताब प्रष्ट भइसकेको छैन । ऐजेन्सी