ओलीसँग प्रधानमन्त्रीको आग्रहः संविधान संशोधन प्रस्तावलाई सहयोग गर्नुहोस्

ओलीको दावी-महाअभियोग प्रस्ताव सामान्य विषय होइन

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन प्रस्तावलाई सहयोग गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन ।

हिजो प्रधानमन्त्री प्रचण्डको पहलमा सभामुख ओनसरी घर्ताी मगरको कार्यकक्ष सिंहदरबारमा बसेको हो । उक्त बैठकले कुनैठोस निष्कर्ष निकाल्न नसकेको बताइएको छ ।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष आलीबीच प्रधानन्यायाधीश सुशीला कार्की विरुद्धको महाअभियोग प्रस्ताव, संविधान संशोधन लगायतका विषयमा सहमतिको खोजीका बसेको बैठक विनानिष्कर्ष टुङगिएको थियो ।

उक्त बैठकमा ओलीले प्रधानन्यायाधीश शुशिला कार्की विरुद्ध संसद्मा ल्याएको महाअभियोग प्रस्ताव सामान्य विषय नभएको बताए ।

अध्यक्ष ओलीले भने–‘प्रधान न्यायाधीश विरुद्ध संसद्मा ल्याएको महाअभियोग प्रस्ताव सामान्य विषय होइन । यो असाध्यै प्रतिशोधपूर्ण र अनैतिक उद्देश्यबाट संक्रमणकालीन न्यायलाई प्रभावित पार्ने उद्देश्यले आएको छ । यसरी आएको महाअभियोग प्रस्तावलाई हामी मान्दैनौँ । यो प्रस्ताव फिर्ता नलिएसम्म हामी संसद् चल्न दिँदैनौँ ।’