बिराटनगर भन्सारमा साफटा च्यानलको जाँचपासमा कडाई सुरु

बिराटनगर । सार्क मुलुक बिच हुने स्वतन्त्र व्यपार क्षेत्र (साफटा) मार्फत हुने जाँचपासमा बिराटनगर भन्सारले कडाई थालेको छ ।

साफटा मार्फत हुने भन्सार कारोबारमा भन्सार कागजात किर्तेगरि छलि भएको पाइएपछि बिराटनगर भन्सारले एक हप्तादेखी कारोवारमा कडाइ गर्न थालेको हो ।

हाल साफटा च्यानका कागजात बिभागबाट पृष्टि नभएसम्म बिराटनगर भन्सारले मालबस्तुको जाँचपास गर्ने गरेको छैन ।

साफटा मार्फत व्यापारिक कारोवार गर्ने कम्पनीहरुले भन्सार राजस्वमा पचास प्रतिशत सुविधा प्राप्त गर्ने गरेका छन् ।

यही सुविधाका लागि नियत खराव राख्ने कम्पनीहरुले फर्जी कागजात बनाएर आफना एजेन्टहरु मार्फत भन्सार जाँचपास गराउने गरेका थिए ।

बिराटनगर भन्सारका प्रमुख भन्सार अधिकृत कृष्ण बस्नेतले बिभागको निर्देशन अनुसार साफटा मार्फत हुने भन्सार जाँचपासमा कडाई गर्न थालेको बताए ।

उनका अनुसार कागजातमा कुनै पनि शंका भएमा भन्सार जाँचपास स्थगित गरेर कागजात फिर्ता पठाउन थालिएको छ ।

अर्को कागजात पुर्ण रुपमा सक्कली हो भन्ने पुष्टि नभएमा तत्काल धरौटीमा मालबस्तु भन्सारले नै खरिद गर्ने भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।