मेरो एजेन्डामा राजधानीवासीले साथ दिन्छनः विद्यासुन्दर शाक्य

उपत्यकामा एमालेको जीत निश्चित भएको दावी

काठमाडौं। काठमाडौं महानगरपालिकामा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको तर्फबाट मेयरमा उम्मेदवारी दिएका विद्यासुन्दर शाक्यले महानगरपालिकाको समृद्धिका लागि आफुले बनाएका सबै योजनामा राजधानीबासीले सहयोग र साथ दिने बताएका छन् ।

रफत सञ्चार क्लबमा आयोजित एक कार्यक्रममा बोल्दै उनले महानगरपालिकाको यातायात व्यवस्थापन, ढल निकास, स्मार्ट पार्किङ निर्माण, मेट्रो सिटी, मोनो रेल र खानेपानी तथा फोहोर व्यवस्थापनका लागि उपयुक्त डम्पिङसाईडको स्थापना गर्ने लगायतका योजना अघि सारेको बताए ।

उनले काठमाडौंलाई अन्य विदेशी शहरको नामबाट नभई काठमाडौंकै नामबाट विश्वभर चिनाउँने अभियानमा यहाँको समग्र विकासलाई अघि बढाउने प्रतिबद्धता समेत जनाएका छन् ।

आगामी ३१ मा हुने स्थानीय निकायको निर्वाचनमा काठमाडौं महानगरपालिकामा एमालेको जीत निश्चित भएको दाबी गर्दै उनले यसका लागि विभिन्न खालका अभियान चलिरहेको जानकारी दिएका छन् ।