प्रधानन्यायाधीस विरुद्धको महाअभियोग फिर्ता लिनु पर्छः नेता नेपाल

सत्तारुढ दलले निर्वाचनको माहोल बिगारेको आरोप

काठमाडौं । प्रतिपक्ष दल नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले सत्तारुढ दलले सदनमा दर्ता गरेको प्रधान न्यायाधीस विरुद्धको महाअभियोग प्रस्ताव फिर्ता लिनु पर्ने बताएका छन ।

एमाले नेता नेपालले आज पत्रकार महासंघ काठमाडौं शाखाको १० औँ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण तथा पुरानो कार्यसमितिलाई विदाईका लागि आयोजित कार्यक्रममा बोल्दै त्यस्तो बताएका हुन ।

नेपालले भने–‘सत्तारुढ दलले एक सफल महिला जसले प्रधानन्यायधिसको रुपमा आफ्नो कुशल नेतृत्व लिदै आएकी थिइन,उनका विरुद्धमा सदनमा अनावश्यक रुपमा महाअभियोग दर्ता गरेका छन । आज तीन बजे बस्ने भनिएको संसद बैठक मार्फत प्रधानन्यायाधीस विरुद्धको महाअभियोग फिर्ता लिन आग्रह गर्दछु ।’

नेपालले सत्तारुढ दलका केहि सांसदहरु प्रधानन्यायाधीस विरूद्ध महाअभियोग प्रस्ताव बढाएको भएपनि अधिकांश सांसद उक्त प्रस्तावको विपक्षमा रहेको बताएका छन ।

उनले प्रचण्ड नेतृत्वको सरकारले कहिले संविधान संशोधनको प्रस्ताव त कहिले अनावश्यक मुद्धाहरु संसदमा पेश गरेर स्थानीय तह निर्वाचनको माहोल विगार्न लागेको आरोप लगाएका छन ।