निधिद्धारा तीन दिनमै राजीनामा फिर्ता

आज जनकपुर कार्यक्रममा जाँदै

काठमाडौं । विगत लामो समय देखि वरियता क्रमको विवाद पछि प्रधानन्यायाधीस सुशीला कार्कीलाई महाअभियोग लगाएको विषयमा असन्तुष्टि जनाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले राजीनामा दिएका थिए ।

राजीनामा केहि दिन पछि प्रधानमन्त्री ‘प्रचण्ड’ तथा काँग्रेस नेता शेरबहादुुर देउवासँग बालुवाटारमा भएको छलफलमा सहमत भई निधिले राजीनामा फिर्ता लिएका हुन् । कार्यभार सम्हाल्न गृहमन्त्रालय फर्किएका निधिको आज जनकपुर जाने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्ड र काँग्रेस नेता देउवासँग गृहमन्त्री निधिको के विषयमा सहमति भयो भन्ने स्पष्ट भएको छैन । उक्त छलफलमा भएको सहमति अनुसार आज देखि नै पुनः गृहमन्त्रीको कार्यभार निधिले सम्हाल्ने भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताएका छन ।