प्रहरीद्धारा विप्लव पुत्र प्रकाशको डेरामा खान तलासि

बारम्बार प्रहरीद्धारा मानसिक तनाव र धम्की आएको प्रकाशको भनाई

चितवन । पछिल्लो समय सरकारले घोषणा गरेको स्थानीय निकायको निर्वाचन बहिष्कारको निति सहित देश ब्यापीरुपमा प्रतिरोध अभियान सञ्चालन गरिरहेको नेपाल कम्युनिष्ट पार्टीका नेताहरुमाथि प्रहरीले निगरानी बढाएको छ ।

निर्वाचनको बहिष्कारमा नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सैन्य दस्ता खडा गरेर केही स्थानमा घटना समेत गराउन सक्ने गोप्य सूचनाका आधारमा प्रहरीले विप्वलका केही नेताहरुलाई नियमित निगरानीमा राखेको प्रहरी श्रोतले बतायो ।

यसैबीच विप्लवमा पुत्र प्रकाश चन्दलाई पनि प्रहरीले बारम्बार निगरानी गर्ने र मानसिक तनाव दिने गरेको उनले बताएका छन । आज हरपल नेपाल डटकमसँग कुराकानी गर्दै उनले भने–‘हिजो साझ चितवन प्रहरीले मेरो कोठामा आएर अनावश्यक दुःख दिएको छ । म पठन पाठनको तयारीमा रहेको थिए, मसँग भाईहरु पनि हुनुहु्न्थ्यो प्रहरीको एक जत्था आएर, अनावश्यक ढंगले हामीलाई थर्काउने कार्य गर्यो । उनीहरुले जथाभावि शब्दको प्रयोग गरेर मलाई मानसिक तनाव दिएका छन ।’

प्रकाशका अनुसार प्रहरीले उनको हरेक गतिबीधिलाई अनावश्यक रुपमा निगरानी बढाउँदै आएको छ । उनले भने–‘पछिल्लो समयमा प्रहरीले म बाहीर निस्कदा बाईकको पिछा गर्ने, चोक चोकमा अनौठो ढंगले हेर्ने र सुरक्षाको नाममा मेरो कलेजको पठन पाठनमा समेत प्रभाव पार्ने गरी तनाव दिदै आएको छ । के उनीहरुलाई एउटा विद्यार्थीमाथि यसरी अनावश्यक तनाव दिने अधिकार यो सरकारले दिएको छ ?’

प्रकाशले प्रहरीलाई आफ्नो पढाईमा असर पार्ने गतिबिधि रोक्न आग्रह गर्दै भनेका छन–‘प्रहरीले गुन्डागर्दी शैलिमा मेरो कोठामा छापा मार्ने र धम्क्याउने, तनाव दिने कार्य रोकोस । यदि यसरी नै अनावश्यक दुःख दिइन्छ भने दलाल सरकारको बिरुद्धमा लड्नै पर्छ । त्यसको मूल्य चुकाउनु नै पर्छ ।’

प्रकाश चितवन मेडिकल कलेजमा एमबिबिएसका नियमित विद्यार्थी हुन । उनले यतिबेला आफु पढन पाढनको काममा लागेको बताउँदै आएका छन ।

चितवन प्रहरीका डिएसपि दिपक श्रेष्ठले हरपल नेपाल डटकमसँग निर्वाचनका लागि त्यहाँ कुनै पनि सुरक्षा चुनौति नरहेको बताएका छन । उनले विप्लवको निर्वाचन बिरोधी गतिबिधि प्रति सुरक्षा निकायहरुले निरन्तर निगरानी राखेको र प्राप्त सूचनाका आधारमा त्यसको अध्ययन गरेर आवश्यक कार्वाहीमा प्रहरी परिचालन भएको अवस्थामा विप्लव पुत्र प्रकाशमाथि सोधपुछ गरिएको हुनसक्ने बताए ।

डिएसपि श्रेष्ठले प्रकाशलाई मात्र केन्द्रमा राखेर कुनै प्रकारको कार्वाही गर्ने निति हाम्रो छैन, र होइन पनि तर नेकपाको निर्वाचन बहिष्कार निति, उसले निर्वाचन बिथोल्ने भन्दै पटक पटक दिदै आएको धम्की र केही शंकास्पद गतिबिधिको भने प्रहरीले उच्च निगरानी राखेको बताए । उनले भने–‘प्रकाशजीको कोठामा प्रहरीको छापाबारे मलाई सूचना आएको छैन तर निर्वाचनसँगै सामान्य सुधपुछ गरिएको होला ।’

श्रोष्ठका अनुसार चितवनमा निर्वाचनको सुरक्षाको लागि १२५५ जना म्यादी प्रहरी परिचालन गरिएको छ । त्यसैगरी जिल्लामा ११०० प्रहरी रहेकोमा केन्द्र र क्षेत्रिय प्रहरी कार्यालयबाट समेत निर्वाचनको लागि केही संख्यामा प्रहरी थपिएका छन । भने शसस्त्र,सेना,प्रहरी र म्यादीको बाक्लो सुरक्षा ब्यावस्था मिलाइएकाले त्यहाँ कुनै प्रकारको निर्वाचनका लागि चुनौति नरहेको उनले प्रष्ट पारेका छन ।