काठमाडौं उपत्यकाबाट विद्यार्थी अपहरणः सुरक्षा निकाय किन मौन

काठमाडौं । त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयबाट हिजो दिउँसो ५ विद्यार्थीको अपहरण भएको छ ।

मुखमा माक्स र हातमा पञ्जा लगाएर आएका तीन जना अपहरणकारीले चौरमा खेलिरहेका ती विद्यार्थीलाई मुख थुनेर बागमती खोलाको किनारैकिनार ललितपुरको शंखमुल पुर्याएका थिए ।

कक्षा ३ मा अध्ययनरत नवउद्दिन मन्सुरी, सुभास खड्का, निशान्त चौधरी, रत्नेशकुमार जैसवाल र दिपक जैसवाललाई उनीहरुले अपहरण गरेर लगेका थिए ।

ती अपहरणकारीले कलिला विद्यार्थीलाई अपहरण गरेर लैजाने क्रममा थापाथली पुर्याएपछि मन्सुरी अपहरणकारीको हातमा टोकेर भाग्न सफल भएपनि अन्य ४ जनालाई भने सँगै लगेका थिए ।

उनीहरुले एकान्त ठाउँ खोज्दै ती बालकहरुलाई पुलबाट पारी लैजान खोजेपछि एक विद्यार्थी हेल्प मी भनेर चिच्याएपछि स्थानीयहरु ती विद्यार्थीतर्फ अघि बढेका थिए ।

त्यसपछि अपहरणकारीहरु बच्चाहरु छोडेर भागेका थिए ।यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।