धारिलो हतियार प्रहार गर्ने एक युवक प्रक्राउ

घटनाको पूर्णरुपमा अनुसन्धान हुँदै

काठमाडौं । काठमाडौं मुलपानी बस्दै आएका एक युवकलाई धारिलो हतियार खुकुरी प्रहार गरेको अभियोगमा प्रक्राउ गरेको छ ।

स्थायी ठेगाना रोल्पा जुगार—७ घर भएका ३६ बर्षीय एमेन्द्र ओलीलाई जिल्ला प्रहरी कार्यालय काठमाडौंले प्रक्राउ गरेको हो ।

उनले हिजो काठमाडौँ महानगरपालिका–९ तिलगंगा बस्ने इलामका ३५ बर्षीय खेम चौलागाईँलाई खुकुरी प्रहार गरेका थिए । उक्त घटनाबाट घाइते भएका चौलागाँईको सिनामंगल स्थित केएमसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उक्त घटना किन र कसरी भयो भन्ने बारे स्पष्ट खुुल्न सकेको छैन । यस घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।