ललितपुरको झोला कारखानामा आगलागीः एकै परिवारका तीन जना घाइते
एक करोड ६५ लाख बराबरको क्षेती
प्रकासित मिति : २०७४ बैशाख २०, बुधबार
प्रकासित समय : १२:३१
ललितपुर । आज बिहान ललितपुरको इमाडोलको झोला कारखानामा भएको आगलागीबाट तीनजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय ललितपुरले कृष्ण मन्दिर नजिक रहेको झोला कारखानामा आगलागी हुँदा स्थानीय सुशीला सापकोटा, उनकी छोरी १४ वर्षिया शुभेच्छा र १२ वर्षिय छोरा सुलभ घाइते भएको हरपल नेपालसँग बताएको हो ।
उक्त आगलागीबाट घाइते भएकालाई अहिले उपचारका लागि इमाडोलमा रहेको किस्ट अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । सो घटनाबाट करिब एक करोड ६५ लाख रुपैयाँ बराबरको क्षती भएको अनुमान गरिएको छ ।