आज विश्व प्रेस स्वतन्त्रा दिवशः विभिन्न कार्यक्रम गरी मनाइदैँ (भिडियोसहित)

पत्रकार महासंघ काठमाडौं शाखाद्धारा प्रभातफेरी कार्यक्रमको आयोजना

काठमाडौं । व्श्विभरका श्रमजिवि पत्रकारहरुले आफ्नो पेशागत हक,हितको लागि एक आपसमा छलफल गरेर आज प्रेस स्वतन्त्रता दिवस मनाउने गरिन्छ ।

आज पत्रकार महासंघ र संञ्चार संस्था तथा पत्रकारीता क्षेत्रसँग सम्बन्धीत विभिन्न निकायहरुले सभा,समारोह,गोष्ठी तथा अनतक्र्रिया कार्यक्रमको समेत आयोजना गरेका छन ।

पत्रकार महासंघ काठमाडौं शाखाले अहिले बिहान सात बजेदेखि नयाँ वानेश्वर चोकबाट माइतिघर मण्डला चोकसम्म ब्यानर सहित प्रभात फेरी कार्यक्रमको आयोजना गरेको छ ।

उक्त कार्यक्रममा महासंघ काठमाडौं जिल्ला शाखाको व्यानर सहित विभिन्न संञ्चारमाध्यममा कार्यरत पत्रकारहरुको सहभागिता हुने भएकाले भएको छ ।

पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष शन्तराम बिडारीले हरपल नेपालसँग भने–‘आज पत्रकारको हक,अधिकारको लागि सबैले मिलेर यो दिवस मनाउनु पर्दछ । महासंघले आयोजना गरेको प्रभात फरी कार्यक्रममा सबैलाई सहभागि हुनका लागि आग्रह गर्दछु । यो दिवस हामीसबैको विशेष पर्वको रुपमा मनाउँ ।’

पत्रकार महासंघले यस बर्ष ‘संवेदनशील समयका लागि संमवेदनशील विचारः शान्तिपूर्ण,न्यायपूर्ण र समावेशी समाज निर्माणमा मिडियाको भूमिका’ भन्ने मुल नाराका साथ विश्व प्रेस स्वतन्त्रता दिवस मनाएको छ । बाँकी हरपल नेपाल डटकमले तयार गरेको यो भिडियोमा हेर्नुहोस

LOADING...