नेपाली कांग्रेस भित्र तिव्र विवादः जुम्लामा देउवाको पुत्ला दहन

स्थानीय पार्टीको अधिकार केन्द्रले हस्तक्षेप गरेको आरोप

जुम्ला । नेपाली कांग्रेस पार्टी भित्रै तिव्र विवाद दैखिएको पछि आज असन्तुष्ट पक्षले कांग्रेस जुम्लाका कार्यकर्ताले सभापति शेरबहादुर देउवाको पुतला दहन गरेका छन् ।

नगरपालिका र गाउँपालिकाको प्रुमख र उपप्रमुखको टिकट वितरणमा केन्द्रले हस्तक्षेप गरेको भन्दै विरोध निकालेका हुन् ।

चन्दननाथ नगरपालिकाको मेयर पदका लागि केन्द्रबाट नै नेतृ कान्तिका सेजुवाललाई टिकट दिएपछि भूमिका निर्वाह गरेको भन्दै असन्तुष्ट पक्षले जुम्ला बजारमा विरोधसहित पुतला जलाएका थिए ।

पार्टीले सेजुवाललाई टिकट दिए पनि अर्को पक्षले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरिरहेको छ । पूर्वजिल्ला सभापति मानव सेजुवालकी पत्नी कान्तिका सेजुवालले चन्दननाथ नगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दर्ता गरिसकेकी छन् ।

जिल्ला कार्यसमितिलाई दिइएको अधिकारअनुसार जिल्ला कार्यसमितिले नगर प्रमुखमा राजुसिंह कठायतलाई बहुमतीय प्रणालीबाट सिफारिस गरे पनि केन्द्रबाट मंगलबार बिहान मात्रै कान्तिका सेजुवाललाई टिकट दिएपछि विरोध निस्किएको हो ।

जिल्ला कार्यसमितिलाई दिइएको अधिकार केन्द्रले हस्तक्षेप गरेको भन्दै नगरपालिकाभित्र कांग्रेसले उम्मेदवारी दर्ता नगराउने बताएको छ भने कार्यकताहरुले संसद ललितजंग शाही र जिल्ला कार्यसमितिका पदाधिकारीहरुको राजीनामा समेत माग गरेका छन् ।