चार वटै महानगरपालिकामा काँग्रेसद्धारा उम्मेदवार घोषणा

मनोनयन दर्ता हुँदै

काठमाडौ । स्थानीय तहको निर्वाचन हुन बाह्र दिन बाकि हुँदा नेपाली कांग्रेसले चार वटै महानगरपालिकाको मेयर तथा उपमेयरको उम्मेदवार सार्बजनिक गरेको छ । पहिलो चरणको निर्वाचनका लागि अहिले मनोनयन दर्ता गर्ने तयारी भइरहेको छ ।

पहिलो चरणको स्थानीय निकायको निर्वाचन अन्तर्गत वैशाख ३१ गते हुने मतदानका लागि आज ३ वटा प्रदेशमा उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ ।आज कांग्रेसले काठमाडौ, ललितपुर, पोखरा, र भरतपुर गरी चारवटै महानगरपालिकाको उम्मेदवार घोषणा गरेको छ ।

कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा राजुराज जोशी र उपमेयरमा हरिप्रभा खड्गीलाई उम्मेदवार बनाएको छ । त्यसै गरी ललितपुरमा चिरिबाबु महर्जन र उपमेयरमा गीता सत्याललाई उम्मेदवार घोषणा गरेको छ ।

त्यस्तै पोखरामा रामजी कुँवर मेयर र सरस्वती गुरुङ उपमेयरको उम्मेदवार बनाएको छ । त्यस्तै भरतपुरबाट मेयरमा दिनेश कोइराला र पार्वती शाहलाई कांग्रेसले उम्मेदवार बनाएको छ ।