काठमाडौंमा अहिलेसम्म क – कसले गरे उम्मेदवारी मनोनयन (पूर्णविवरण सहित हेर्नुहोस्)

राष्ट्रिय सभागृहमा उम्मेदवारको चहलपहल

काठमाडौं । वैशाख ३१ गते हुने स्थानीय तहको चुनावका लागि काठमाडौं महानगरपालिकाको मेयरमा विवेकशील पार्टीकी रञ्जु दर्शना र साझा पार्टीका किशोर थापाले मनोनयन दर्ता गराएका छन् ।

निर्वाचन आयोगले निर्वाचनका लागि तीनवटा प्रदेशका ३४ जिल्लाका २८३ वटा स्थानीय तहमा आज बिहान दशबजे बाट उम्मेदवारी मनोनयन सुरु गरेपछि उपत्यकामा स्वतन्त्रबाट मेयर पदमा जेनिशा भट्टराईले, रन्जु न्यौपाने, विनोदकुमार क्षेत्री र किशोर थापाले उम्मेदवारी दर्ता गराएका छन् ।

अहिले राष्ट्रिय सभागृहमा उम्मेदवार र कार्यकर्ताको चहलपहल निकै व्यापक रुपमा भइरहेको छ । अहिलेसम्म प्रमुख राजनीतिक दलहरुले काठमाडौको प्रमुखमा उम्मेदवारी दर्ता गराएका छैनन ।