आज उम्मेदवारी मनोनयन कहाँ, कसरी हुँदैछ ? (पूर्णविवरण सहित हेर्नुहोस्)

३४ जिल्लाका २८३ स्थानमा मनोनयन गर्न सुरु

काठमाडौं । वैशाख ३१ गते आइतबार हुने स्थानीय तह निर्वाचनका लागी तीनवटा प्रदेशका ३४ जिल्लाका २८३ वटा स्थानीय तहमा आज बिहान १० बजेबाट उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ ।

मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरुको कार्यलयमा आई उम्मेदवारहरुले मनोनयन दर्ताका लागि सम्पर्क राख्न थालेको जानकारी आयोगले बताएको छ । संविधान सभाबाट बनेको संविधान कार्यान्वयन गर्ने क्रममा स्थानीय चुनाव हुन लागेको हो ।

पहिलो चरणमा प्रदेश नं. ३, ४ र ६मा सञ्चालन हुने यस निर्वाचनमा उक्त तीन वटै प्रदेशमा गरी ४ वटा महानगरपालिका, १ उपमहानगरपालिका, ९२ वटा नगरपालिकाका मेयर, उपमेयर तथा १८६ वटा गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष पदका लागि मनोनयन दर्ता हुँदैछ ।