रसुवामा निर्वाचन अधिकृतद्धारा आत्महत्याको प्रयास

घटनाबारे प्रहरीले अनुसन्धान गर्दै

रसुवा । रसुवामा स्थानीय चुनाव गर्न खटिएका निर्वाचन अधिकृतले खादामा झुण्डिएर आत्महत्याको प्रयास गरेका छन ।

जिल्ला प्रहरी कार्यालय रसुवाले कालिका गाउँपालिका–२ मा निर्वाचन गराउन खटिएका सन्तोष गिरीले आत्महत्याको प्रयास गरेको जनाएको हो ।

सरकारी गेष्ट हाउसमा झुण्डिएको अवस्थामा भेटिएका गिरीलाई उपचारको लागि हेलिकप्टर मार्फत काठमाडौं पठाइएको छ । उनीे अहिले सम्म बेहोस अवस्थामा छन ।

उनले आत्महत्याको प्रयास किन गरेको भन्ने अहिलेसम्म खुल्न सकेको छैन । यसको बारेमा तिव्र रुपमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले बताएको छ ।