निर्वाचनबारे विप्लवको धारणा सार्वजनिकः भन्छन–‘नेपालको संकट र समस्या नै संसदीय व्यवस्था हो’

संसदीय व्यवस्था रहेसम्म फर्जि हमला भैरहने दाबी

काठमाडौँ । सरकारले स्थानीय निकायको निर्वाचन गर्ने तयारी गरिरहेको वेला निर्वाचन वहिष्कारको अभियानमा रहेको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द विप्लवले संसदीय व्यवस्थाबाट नेपालको संकट र समस्या समाधान हुन नसक्ने बताएका छन ।

महासचिव विप्लवले हिजो साझ ४ः५८ बजे आफरनो फेसबुक मार्फत त्यस्तो धारण सार्वजनिक गरेका हुन् । उनले संसदीय व्यवस्था रहेसम्म फर्जि हमलाहरु भैरहने र पुँजीवादले दमन गरिरहने दाबी गरेका छन ।

माओवादीले सञ्चालन गरेको जनयुद्धका कमाण्डर समेत रहेका विप्लवले आफ्ना पूर्व पार्टीका नेताहरु संसदीय ब्यवस्थामा हराएको र उनीहरुबाट वर्गिय मुक्ती सम्भव नभएको भन्दै आफ्नै नेतृत्वमा पार्टी गठन गरेर अहिले स्थानीय निकायको निर्वाचनको विपक्षमा सशक्त अभियान चलाउदै हिडेका छन ।

महासचिव विप्लवले फेसबुक मार्फत् भनेका छन–‘नेपालमा संकट र समस्या संसदीय व्यवस्थाको हो तर व्यवस्थाको संकट टार्न नक्कली मुद्धा बुनेर व्यक्तिलाई बलि चढाउँछन्। फर्जी हमलामा जो पनि पर्न सक्छ । यो क्रम संसदीय व्यवस्था नगए सम्म चलिरहन्छ ।’

उनले फेसबुक स्ट्याटस मार्फत नेपाली जनताका कुनैपनि समस्याहरु संसदीय व्यवस्थाबाट समाधान हुन नसक्ने र संसदीय व्यवस्थाले दलाल पुँजीपति वर्गको संरक्षरण गर्ने भएकाले त्यसबाट श्रमजिवि जनतामाथि जतिखेर पनि दमन हुन सक्ने कुरा कुरा तर्फ नेपाली जनतालाई सचेत रहन समेत आग्रह गरेका छन ।

निर्वाचनको मिति नजिकिएसँगै नेकपाले आफ्नो निर्वाचन विरोधि अभियानलाई समेत सशक्त पारेको बताएको छ । हिजो मात्र म्याग्दीबाट स्थानीय निकायको चुनाबका उम्मेदवार जस बहादुर पुनलाई नेकपाले अपहरण गरेको थियो । नेपाली कांग्रेसमा आबद्ध पुनलाई पार्टी कार्याय जाने क्रममा विप्लवका नेताहरुले नियन्त्रणमा लिएका थिए ।

नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले निर्वाचन बहिष्कार अभियान सबै जिल्ला तहमा वैशाख १ गतेदेखि भैसकेको र त्यसमा ब्यापक जनपरिचालन गरिएको बताएका छन ।

प्रवक्ता प्रकाण्डले जनसत्ता गठनको काम तिब्रताका साथ भइरहेको र जनसरकारले चुनाव हुन नदिनुका साथै व्याप्त भ्रष्टाचार, अनियमितताका विरुद्ध भण्डाफोर जस्ता कार्यक्रमलाई नेकपाले अगाडि सारेको बताएका छन ।