आफुविरुद्ध लागेको आरोपको सामना गर्न तयार छुः कार्की
प्रकासित मिति : २०७४ बैशाख १९, मंगलवार
प्रकासित समय : ०६:२५
काठमाडौं । महाअभियोगका कारण निलम्बित प्रधान्यायाधीश सुशीला कार्कीले आफूविरुद्धको प्रस्तावको दृढतापूर्वक सामना गर्ने बताएकी छन् ।
महाअभियोग आरोपमा पेश भएका आरोप सामना गर्न आफू तयार रहेको उनले जनाईन् ।
कार्कीले आफूसँग माओवादी केन्द्रका नेता बर्षमान पुनले पटक(पटक भेट्न खोजेको तर आफूले त्यसको औचित्य नदेखेको बताईन् ।
कार्कीले भनिन–‘उहाँहरु यस्तो कदममा जानुहुन्छ भन्ने मैले पूर्व संकेत पाएकी थिएँ, यसबारे संकेत दिन म सँग केही नेताले पटक/पटक भेट्न खोज्नुभएको रहेछ । तर भेट्नु उचित ठानिनँ ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।