नेकपाद्धारा म्याग्दीबाट काँग्रेस उम्मेदवार अपहरण

उम्मेदवारी फिर्ता दिन चेतावनी

म्याग्दी । स्थानीय निकायको निर्वाचन बहिष्कार अभियान संञ्चालन गरिरहेको नेपाल कम्युनिष्ट पार्टीले म्याग्दीबाट नेपाली काँग्रेसका उम्मेदवार जश बहादुर पुनलाई अपहरण गरेको छ ।

आज बिहान म्याग्दी जिल्लाको बेनि नगरपालिकाबाट कांग्रेस पार्टी कार्यालय जाने क्रममा नेपाली काँग्रेसका उम्मेदवार पुनलाई नेकपाले अपहरण गरेको हो ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले स्थानीय निकायको चुनावमा नउठ्न आग्रह गर्दै आएको छ । उसले पहिलो चरणमा उम्मेदवारी फिर्ता गर्न आग्रह गर्ने र अटेर गरेमा उम्मेदवारलाई नियन्त्रणमा लिनेदेखि विभिन्न विधिको प्रयोग गरेर निर्वाचनलाई बिथोल्ने जनाउदै आएको छ ।

नेकपाले निर्वाचनको बहिष्कारमा देश ब्यापपि रुपमा जन प्रतिरोध अभियान सञ्चालन गरिरहेको छ । उसले विभिन्न स्थानबाट उम्मेदवारलाई नियन्त्रण लिने योजना बनाएको विशेष सूत्रले बताएको छ ।

सरकार स्थानीय निकायको चुनाव गर्न हुमियको अवस्थामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले देशव्यापी रुपमा विरोधका कार्यक्रमहरु गर्दै आएको छ ।

नेकपाले सरकारले घोषणा गरेको स्थानीय निकायको चुनाव जनताको पक्षमा नभएले सो कार्यक्रमको तयारी थालेको बताएको छ । निर्वाचन बहिष्कारको सबै जिल्ला तहमा वैशाख १ गतेदेखि जनपरिचालन भैसकेको सो पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले बताएका छन ।

प्रवक्ता प्रकाण्डले सरकारकै तवरबाट चुनावका लागि अनुकूल वातावरण नबनिरहेको बेला चुनाव गर्छु भन्नु नौटङ्की मात्र भएको र यो चुनाव कुनै हालतमा पनि हुन नदिने बताएका छन ।

जनसत्ता गठनको काम तिब्रताका साथ भइरहेको र जनसरकारले चुनाव हुन नदिनुका साथै व्याप्त भ्रष्टाचार, अनियमितताका विरुद्ध भण्डाफोर जस्ता कार्यक्रमलाई समेत तीव्र रुपमा अगाडि सारेको पनि उनले बताएका छन ।