राप्रपाद्धारा सरकारलाई दिएको समर्थन फिर्ताः संविधान संशोधनको पक्षमा मतदान गर्ने

महाअभियोग प्रस्ताव फिर्ता लिन कांग्रेस र माओवादीलाई आग्रह

काठमाडौं । सोमबार पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको कार्यसम्पादन समिति बैठकले वर्तमान सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

आज धुम्बाराहीमा बसेको पार्टीको कार्यसम्पादन समिति बैठकले त्यसतो निर्णय गरेको हो ।

सरकारबाट बाहिरिए पनि नजिकिएको स्थानीय तहको चुनाव सम्पन्न गर्न पूर्ण रुपमा सहभागी हुने र संविधान संशोधनका पक्षमा मतदान गर्ने राप्रपाले जनाएको छ ।

प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाइएको विषयमा राप्रपा असन्तुष्ट छ । राप्रपाको बैठकले सरकारलाई दिएको निर्णय फिर्ता लिने, प्रधानन्यायाधीशविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव फिर्ता लिन कांग्रेस र माओवादीलाई आग्रह गर्ने निर्णय गरेको छ ।