प्रधानमन्त्री र ओलीबीच सिंहदरबारमा भेट बार्ताः के भयो गोप्य कुरा ?

निर्वाचन उत्सवका रुपमा सम्पन्न हुने दावी

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमूख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटबार्ता भएको छ ।

सभामूखको कार्यकक्ष सिंहदरबारमा सोमबार दिउँसो भएको भेटमा समसामयिक राजनीतिक परिस्थितिका विषयमा कुराकानी भएको हो ।

भेटमा प्रधानमन्त्रीले संविधान संशोधन विद्येयक, संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव, स्थानीय तहको निर्वाचन र बजेटका विषयमा सहमतिका साथ अघि बढ्ने नेता ओलीलाई आग्रह गरेका थिए ।

भेटमा प्रधानमन्त्री र नेता ओलीबीच राजनीतिक परिस्थितिका विषयमा खुलेर कुराकानी भएको छ । प्रधानमन्त्रीले बैशाख ३१ गतेको निर्वाचन कुनै हालतमा नरोकिने जानकारी गराउँदै सम्पूर्ण राजनीतिक दलहरु मिलेर निर्वाचनलाई उत्सवका रुपमा सम्पन्न गर्नुपर्ने बताए।