आज मजदुर दिवसः विभिन्न कार्यक्रम आयोजना

अखिल क्रान्तिकारीले ३२ औँ मित्रमणी स्मृति दिवस मनायो

काठमाडौं । आज मे एक अर्थात अन्तराष्ट्रिय मजदुर दिवस संसार भरका श्रम जीविहरुले विभिन्न कार्यक्रम गरी मनाउने गर्दछन ।

आजका दिन विशेष गरी श्रमिक हक अधिकार सेवा सुविधा लगाएतका विषयमा समिक्षा, गोष्ठी, अन्तरक्रिया जस्ता कार्यक्रमको आयोजना गरी मनाइन्छ । आजका दिनमा श्रमिक हक अधिकारको लडाईमा योगदान पुर्याएका शहिदहरुको स्मरण गर्ने परम्परा रहेको छ ।

१२८ औँ अन्तराष्ट्रिय मजदुर दिवसको सन्दर्भमा माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीले एक कार्यक्रम विच ३२ औँ मित्रमणी स्मृति दिवस मनाएको छ । अखिल क्रान्तिकारीको केन्द्रिय कार्यलयमा आयोजित उक्त कार्यक्रमको क्रान्तिकारीका उपाध्यक्ष रञ्जित तामाङले अध्यक्षता गरेका थिए ।

मित्रमणी स्मृति दिवस र वर्तमान राजनीति अवस्थाको बारेमा उक्त कार्यक्रममा छलफल समेत भएको क्रान्तिकारीका नेता डिबि साउदले हरपल नेपालसँग बताएका छन ।