ताप्लेजुङमा चट्याङबाट आगलागी: एक घर जलेर नष्ट
एक घाइते, लाखौंको क्षति
प्रकासित मिति : २०७४ बैशाख १८, सोमबार
प्रकासित समय : ११:१५
ताप्लेजुङ । चट्याङका कारण ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–१ खोक्लिङमा आइतबार साँझ आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।
आगलागी हुँदा स्थानीय ज्ञानबहादुर शेर्पाको घर जलेको स्थानीय लक्ष्मी खतिवडाले जानकारी दिए । चट्याङले पासाङ शेर्पा सामान्य घाइते भएका छन् ।
तीनतले घर जल्दा लाखौँको क्षति भएको तर पूर्ण विवरण सङ्कलन भइनसकेको रेडक्रस शाखा खोक्लिङका अध्यक्ष झरेन्द्र थापाले बताए । रासस