राप्रपाले डाक्यो कार्य सम्पादन समितिको बैठक: सरकारबाट बाहिरिने संकेत

महाअभियोगको विपक्षमा लाग्ने तयारी

काठमाडौं । राष्ट्रिय प्रजातत्र पार्टीले पछिल्लो राजनीतिक तथा अन्य सममायिक विषयमा छलफल गर्न केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ ।

उपप्रधानमन्त्री तथा संघिय मामिला तथा स्थानीय विकास मन्त्री समेत रहेका राप्रपा अध्यक्ष कमल थापाले हिजो संसदमा प्रधान न्यायाधीश विरूद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि पार्टीको लाईन प्रष्ट पार्ने विषयमा आज बैठक बोलाएका हुन ।

सत्तारुढ दलहरु नेपाली कांग्रेस र माओवादी केन्द्रले आफुलाई कुनै जानकारी नगरी प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाभियोग प्रस्ताव बढाएको भन्दै अध्यक्ष थापाले असन्तुष्टि जनाएको उनिमाथी निकट श्रोतले बताएको छ ।

आजको बैठमा राप्रपाले सरकार छाड्ने वा अन्य कुनै विकल्प खोज्ने भन्ने बिषयमा ठोस निर्णयमा पुग्नका लागि छलफल हुने भएको छ ।

थापा निकट स्रोतले भन्यो–‘यसबारेमा निर्णय गर्न राप्रपाले आज ११ बजेको लागि केन्द्रीय कार्य सम्पादन समितिको बैठक डाकेको छ । उक्त बैठकबाट औपचारिक निर्णय गरेर हामी सरकारबाट बाहिरिने वा के गर्ने भन्ने बिषयमा ठोस निर्णय निकाल्ने छौँ ।’

स्रोतले भन्यो–‘प्रधानन्यायाधीश कार्कीविरुद्ध लगाइएको महाभियोग प्रस्तावमा हाम्रो कुनै समर्थन छैन र यो स्वतन्त्र न्यायालयमाथिको हस्तक्षेप हो । त्यसैले पनि हामी सरकारमा बस्दैनौं ।’