सर्वसुलभ र वैज्ञानिक शिक्षाका लागि एकीकृत शैक्षिक क्रान्ति आवश्यक रहेकोमा जोड

अहिलेको शिक्षाले दक्ष जनशक्ति उत्पादन गर्न नसकेको दाबी

रुपन्देही । शिक्षालाई सर्वसुलभ र वैज्ञानिक बनाउनु पर्नेमा धारणा एक कार्यक्रममा शिक्षा क्षेत्रसँग सरोकारवालाहरुले राखेएका छन्। शिक्षाको विकासले नै समग्र देशको विकास हुने भए पनि समयको माग अनुसार शिक्षामा परिवर्तन आउन नसकेको उनीहरुको भनाई रहेको छ ।

नेपाल कम्युनिष्ट पार्टी निकटको अखिल क्रान्तिकारी रुपन्देहीले हीजो बुटवलमा आयोजना गरेको ‘एकीकृत शैक्षिक क्रान्ति आजको आवश्यता’ विषयक अन्तरक्रिया कार्यक्रमका सहभागि हरुले त्यस्तो धारणा राखेका हुन ।

देशमा राजनीतक परिवर्तन संगै गणतन्त्र आए पनि राज्य सञ्चालकहरुका कारण शिक्षामा परिवर्तन आउन नसकेको गुनासो अधिकाशं बक्ताहरुले गरेका छन । उनीहरुले शिक्षामा देखिएका विकृति र विसंगतिलाई निरुत्साहित गरी शिक्षामा आमुल परिवर्तन गर्नु पर्नेमा जोड दिए ।

राज्य सञ्चालकहरुको गलत कार्यले मुलुकमा दक्ष जनशक्ति कम मात्रमा उत्पादन भएको र उत्पादन भएको शैक्षिक जनशक्ति पनि वेरोजगार बनेको उनीहरुले औल्याएका छन । व्यवहारिक र वैज्ञानिक शिक्षाको अभावले शैक्षिक जनशक्ति वेरोजगार बनेको उनीहरुको भनाई छ । विद्यार्थीले समयमा पाठ्यपुस्तक नपाएकाले अध्ययन गर्नबाट बन्चित भएको बक्ताहरुले दाबी गरेका छन ।

उक्त कार्यक्रममा बोल्दै अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष लालबहादुर तामाङले वैज्ञानिक तथा व्यवहारिक शिक्षाका लागि एकीकृत शैक्षिक क्रान्ति आवश्यक रहेको उल्लेख गरे ।

उनले शिक्षा क्षेत्रमा सुधार ल्याउनका लागि वृहत शैक्षिक आन्दोलनलाई अगाडी बढाउनु पर्ने भन्दै बार्केनिङ्कमा टुङ्कने गरेको विद्यार्थी संगठनहरुको मौसमी आन्दोलनले शिक्षा क्षेत्रमा सुधार ल्याउन नसकिएको तर्क गरेका छ ।

शिक्षाबिद प्रोफेसर आनन्दमान शाक्यले आबश्यकतामूखि तथा जनमूखि शिक्षाले मात्रै परिवर्तन संभव हुने भन्दै जबसम्म देशभक्ती शिक्षा दिन सकिदैन, तबसम्म आमूल परिवर्तन हुन नसक्ने ठोकुवा गरे । त्यसैगरी कार्यक्रममा अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय उपाध्यक्ष घनश्याम पाठकले शिक्षामा सुधार ल्याउन जरुरी रहेको बताउंदै त्यसका लागि शैक्षिक क्रान्ति आवश्यक रहेको बताए ।

कार्यक्रममा नेकपाका रुपन्देही इन्चार्ज शरद ओली, रुपन्देही सहायक जिल्ला शिक्षा अधिकारी भोजबहादुर के.सी, राष्ट्रिय परिक्षा वोर्डका कार्यालय प्रमुख सुरेन्द्र पराजुली, प्याव्सन रुपन्देही अध्यक्ष लेखनाथ पौडेल, एन प्याब्सन अध्यक्ष देवप्रकाश राई, शिक्षक युनियन रुपन्देहीका अध्यक्ष छवि पाण्डे, एकीकृत अखिल नेपाल शिक्षक संघका अध्यक्ष वृहतपति शुक्ला, अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष रामजी आचार्य, अभिभावक संघ रुपन्देही अध्यक्ष लोकनाथ ज्ञवाली, खोमा तरामु लगायतले आफ्नो धारणा राखेका थिए ।