सुशीला कार्की विरुद्धको महाभियोगप्रति असन्तुष्टिः राप्रपाले सरकार छाड्ने

काठमाडौं प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध लगाइएको महाभियोगप्रति असन्तुष्टि जनाउँदै सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार छाड्ने भएको छ ।

उपप्रधानमन्त्री तथा पार्टी अध्यक्ष कमल थापा निकट स्रोतले भन्यो–‘यसबारेमा निर्णय गर्न राप्रपाले सोमबार बिहान ११ बजे केन्द्रीय कार्य सम्पादन समितिको बैठक डाकेको छ । बैठकबाट औपचारिक निर्णय गरेर हामी सरकारबाट बाहिरिनेछौं ।’

स्रोतले भन्यो–‘महाभियोग प्रस्तावमा हाम्रो कुनै समर्थन छैन र यो स्वतन्त्र न्यायालयमाथिको हस्तक्षेप हो । त्यसैले सरकारमा हामी बस्दैनौं ।’

संसद्मा ३७ सिट भएको राप्रपाबाट सरकारमा पार्टी अध्यक्ष थापाको नेतृत्वमा चार मन्त्री छन् ।बैठकमा केही संसदले पूर्वराजा ज्ञानेन्द्रका सहयोगीहरु सागर तिमल्सिना, डा. फणिराज पाठक, पशुपतिभक्त महर्जनले चलखेल गरेको भन्दै आक्रोश पोखेका थिए । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।