प्रधान न्यायाधिश विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेको झोकमा गृहमन्त्री निधीले दिए राजिनामा

भन्छन–‘महाअभियोगको पक्षमा समर्थन छैन’

काठमाडौं । सत्तारुढ दलका संसदहरुले आज प्रधान न्यायाधिश शुसिला कार्कि विरुद्ध संसद सचिवालयमा महाअभियोगको प्रस्ताव दर्ता गरेपछि उक्त प्रस्ताव प्रति आफ्नो असहमति जनाउदै गृहमन्त्री विमलेन्द्र निधीले राजिनामा गरेका छन् ।

अहिले केहिबेरमा प्रधानमन्त्री पुष्पकमल दहाललाई भेटेर नीधीले आफ्नो असन्तृष्टी सुनाउँदै गृहमन्त्रीबाट राजिनामा दिएका हुन । उनले प्रधानमन्त्रीलाई पत्रसहित राजिनामा मागेका छन । उनको राजिनामा पत्र बुझ्दै प्रधानमन्त्रीले भने कागेंस नेतृत्वसँग उक्त विषयमा छलफल गर्ने बताएका छन ।

हरपल नेपाल डटकमसँग कुरा गर्दै गृहमन्त्री निधीले भने–‘कांग्रेसको तर्फबाट सरकारको नेतृत्व गरेर उपप्रधानमन्त्री सहित गृहको जिम्मेवारी सम्हालेको मानिसलाई नै कतिबेला के गर्छन भन्ने जानकारी गराइदैन अनि किन बस्ने कुर्सिमा मात्र ? कस्को चाहनाले गरियो महाअभियोग प्रस्ताव दर्ता ? म यो विषयमा पार्टी र सरकार दुबै पक्षबाट अनभिज्ञ रहेको छु ।’

उनले सत्तारुढ दलको पक्षबाट आज सदनमा प्रधान न्यायाधिश कार्किको विरोधमा दर्ता गरिएको प्रस्ताब प्रति आफ्नो समर्थन नरहेको भन्दै उक्त प्रस्तावको विषयमा असन्तुष्टि समेत पोखे ।

सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले कार्कि विरुद्ध संसद सचिवालयमा महा–अभियोग प्रस्ताव दर्ता गरेको बिषयलाई लिएर असन्तुष्टी देखाउदै निधीले राजिनामा दिएपछि सरकार र राजनीतिक अवस्थामै ठूलो झड्का परेको सरकार बाहिरका दलका नेताहरुले अनुमान समेत गरेका छन । उनीहरुले वर्तमान सरकारको गठबन्धन कमजोर बन्ने वा सरकारको संरचनामा ठूलो परिवर्तन हुने आशंका समेत ब्यक्त गरेका छन ।

यस विषयमा नेपाली कांग्रेसले भने मुख खोलेको छैन । कांग्रेस नेताहरुले यो विषयलाई लिएर राजिनामा गर्नुको कुनै तुक नभएको तर्क गरेका छन । मन्त्रीपरिषदले गरेको निर्णयलाई उल्ट्याएर प्रधान न्यायाधिश कार्कीले अधिकारको दुरुपयोग गरेको कारण संसदहरुले सत्तारुढ दलहरुको सहमति अनुसार नै महाअभियोगको प्रस्ताव दर्ता गरिएको बताएका छन ।

त्यसैगरी गृहमन्त्रीको राजिनामाको विषयमा हरपल नेपालसँग कुरा गर्दै प्रधानमन्त्रीका निजि सचिव प्रकाश दाहालले राजिनामा पत्र दिएको भएपनि त्यसलाई अहिले नै स्विकृत भने नगरिएको बताए । उनले भने–‘उहाँले महाअभियोगको विषयमा असन्तुष्टि राख्दै आवेगमा आएर राजिनामा दिएको जस्तो देखिन्छ, यो विषयमा कांग्रेस नेतृत्वलाई जानकारी गराएपछि सत्तारुढ दलबीचको सहमति नबिग्रने गरि आवश्यक निर्णय लिन्छौ तर अहिले नै के गर्ने भन्न सकिन्न ।’

प्रधानमन्त्री पुत्र प्रकाशले कांग्रेस, माओवादीका शिर्ष नेताहरुबीच भएको सहमति अनुसार नै न्यायलय प्रमुखको हस्तक्षेपका विरुद्ध महाअभियोग प्रस्ताब दर्ता गरीएको र त्यसमा सबै संसदहरुको सहमति रहेको भएपनि गृहमन्त्री किन असन्तुष्ट भए ? आफुहरुलाई त्यसले अचम्मीत पारेको बताए ।