चितवनमा उम्मेदवारमाथि गोली प्रहार

घटनाको अनुसन्धान हुँदै

चितवन । आइतबार नेकपा मालेका उम्मेदवार कृष्ण कुमालमाथि गोली प्रहार भएको छ । उनको अहिले नारायणी सामुदायीक अस्पतालमा उपचार भइरहेको छ ।

उनले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ११ मा नेकपा मालेबाट अध्यक्षको उम्मेदवारी दिएका थिए ।

जिल्ला प्रहरी कार्यलय चितवनले बसेनी तर्फको जंगलमा प्रहरीको तालिम चलिरहेको र उक्त तालिमबाट झुक्किएर कुमाल माथिगोली लागेको हुनसक्ने बताए पनि नेकपा मालेले अस्विकार गरेको छ ।

नेकपा माले चितवन जिल्लाका अनुसार तालिम केन्द्रभन्दा तीन किलोमिटर वरै गोली लागेको छ । यस घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।